११ बैशाख २०८१, मंगलवार
Follow Us

ट्रम्पको बेलायत भ्रमण रोक्न १५ लाख हस्ताक्षर

नेपालब्रिटेन डट कम्
१८ माघ २०७३, मंगलवार ०७:५३

लन्डन— अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको बेलायतमा हुने भनिएको राजकीय भ्रमण रोक्नु पर्ने माग गर्दै १५ लाख भन्दा धेरै मानिसले हस्ताक्षर गरेका छन्।

गत शुक्रबार ट्रम्पसँग ह्वाइट हाउसमा भेटवार्ता गरे लगत्तै बेलायती प्रधानमन्त्री थेरेसा मेले ट्रम्पको बेलायत भ्रमणको घोषणा गरेकी बिबिसिले बताएको छ।
अमेरिका प्रवेशमा शरणार्थी र सात मुलुकका नागरिकलाई प्रतिबन्ध लगाउने कार्यकारी आदेश जारी गरेपछि ट्रम्पलाई बेलायतमा रोक्न हस्ताक्षर अभियान संचालन गरिएको हो।

गत शुक्रबार ट्रम्पसँग ह्वाइट हाउसमा भेटवार्ता गरे लगत्तै बेलायती प्रधानमन्त्री थेरेसा मेले ट्रम्पको बेलायत भ्रमणको घोषणा गरेकी बिबिसिले बताएको छ।

‘डोनल्ड ट्रम्पलाई अमेरिकी सरकार प्रमुखको हैसियतमा बेलायतमा प्रवेश गर्न छुट दिइएतापनि औपचारिक राजकीय भ्रमणमा नबोलाइयोस् किनकी यो हाम्रा महारानीको लागि असहज हुनेछ,’ हस्ताक्षर अभियानमा भनिएको छ।