१४ बैशाख २०८१, शुक्रबार
Follow Us

संघीय महान्याधिवक्ता पदमा नव नियुक्ति

नेपालब्रिटेन डट कम्
१८ माघ २०७३, मंगलवार ०९:३७

वसिङ्गटन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय महान्याधिवक्ता पदमा डाना बोएन्टेलाई कायम मुकायम मुकर्रर गर्नु भएको छ ।
सो पदमा कार्यरत कायम मुकायम संघीय महान्याधिवक्ता स्याल्ली एट्सलाई मङगलबार बिहान हटाई उहाँको स्थानमा तत्कालै डाना बोएन्टेलाई कायम मुकायम मुकर्रर गर्नु भएको हो ।
यस अघि, आप्रवासी र शरणार्थी तथा मुस्लिम जनसङ्ख्या बाहुल्य रहेका देशका नागरिकहरुलाई अमेरिका प्रबेश निषेध सम्बन्धमा राष्ट्रपति ट्रम्पले जारी गर्नु भएको कार्यकारी आदेशको समर्थन र यसबाट उत्पन्न हुने मुद्दा मामिलाको बहस पैरबी नगर्न का.मु संघीय महान्याधिवक्ता स्याल्ली एट्सले न्याय मन्त्रालय अन्तर्गतका सबै महान्याधिवक्ताहरुका नाममा एक आदेश जारी गरेका थिए ।
डेमोक्र्याटिक पार्टीका समर्थक, पूर्वराष्ट्रपति बाराक ओबामाका पालामा नियुक्त भएका महान्याधिवक्ता एट्सको यस्तो गतिबिधिबाट क्रुद्ध भै राष्ट्रपति ट्रम्पले उनलाई तत्कालै बर्खास्त गरी सो पदमा डाना बोएन्टेलाई कायम मुकायम मुकर्रर गर्नु भएको जनाइएको छ ।
राष्ट्रपति ट्रम्पको निजी सचिवालयमा सोमबार राति नै डाना बोएन्टेको शपथग्रहण भै सकेको बताइन्छ । लामो समयसम्म संघीय सरकारी वकिल भै कार्यरत बोएन्टेलाई अप्रत्याशित रुपमा नियुक्ति दिइएको जनाइएको छ ।
कायम मुकायम मुकर्रर हुनासाथ बोएन्टेले तत्कालै एक विज्ञप्ति प्रकाशित गरी खोसुवामा परेका पूर्व महान्याधिवक्ता एट्सको आदेश रद्द गरी न्याय मन्त्रालय अन्तर्गतका सबै महान्याधिवक्ताहरुले सरकारको नूनको सोझो चिताउन र आफूले शपथग्रहण गरे बमोजिमका कत्र्तव्य पालन गर्न (ूडु आवर सोर्न ड्युटीू ) नयाँ आदेश जारी गरेका छन् ।
साथै, राष्ट्रपति ट्रम्पले जारी गर्नु भएको कार्यकारी आदेश विषयबस्तु राम्ररी विश्लेषण गरी मस्यौदा गरिएको र एकदमै न्यायसंगत रहेको समेत उक्त विज्ञप्तिमा दावी गरिएको छ ।