१३ बैशाख २०८१, बिहीबार
Follow Us

समानुपातिक निर्वाचन प्रणालीमा तीन प्रतिशत थ्रेसहोल्ड

नेपालब्रिटेन डट कम्
१८ माघ २०७३, मंगलवार १०:१६

काठमाडौं । प्रमुख तीन ठूला दल निर्वाचनमा समानुपातिकतर्फ सिट सुरक्षित गर्न ल्याउनुपर्ने मत सीमा अर्थात ‘थ्रेसहोल्ड’ राख्नसहमत भएका छन् । संसदको राज्य व्यवस्था समितिअन्तर्गतको उपसमितिमा विचाराधिन राजनीतिक दलसम्बन्धी विधेयकमाथिको छलफलक्रममा प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र तीन प्रतिशत ‘थ्रेसहोल्ड’ राख्न सहमत भएका हुन् । ठूला दलको सहमतिमा साना दल असन्तुष्ट छन् । उपसमिति तहमा जुटेको सहमति समितिको पूर्ण वैठक हुँदै संसदले अनुमोदन गर्नुपर्ने छ । यो सहमतिसँगै राज्य ब्यवस्था समितिले निर्वाचनसम्बन्धी बाँकी दुई वटा विधेयकलाई अन्तिम रुप दिने तयारी गरेको छ ।