१६ चैत्र २०८०, शुक्रबार
Follow Us

मृगौला पीडितलाई गुल्मी जिल्ला समाज यूकेको सहयोग

नेपालब्रिटेन डट कम्
१८ माघ २०७३, मंगलवार १४:३७

काठमाडौं । शिक्षण अस्पताल महाराजगन्जमा उपचार गराइरहेका गुल्मीका मनोज ज्ञवालीलाई गुल्मी जिल्ला समाज यूकेले मंगलबार सहयोग उपलब्ध गराएको छ । समाजका महासचिव शिव भण्डारी, पूर्वउपाध्यक्ष विनोद ज्ञवाली र प्रतिनिधि दुर्गा ज्ञवालीले संयुक्तरुपमा पीडित मनोज र उनको परिवारलाई ३ लाख १२ हजार रुपैयाँ हस्तान्तरण गरियो ।
मनोजको बुधबार मृगौला प्रत्यारोपण हुँदैन । उनलाई आमा मन्दिराले एउटा मृगौला दिदैछिन् । प्रत्यारोपणका लागि झण्डै १५ लाख रुपैयाँ लाग्ने मनोजका बुवा विष्णु ज्ञवालीले बताए । गुल्मी जिल्ला समाज अमेरिका, जापान, कुवेत र कतारलगायतबाट पनि मनोजलाई सहयोग आएको विष्णुले जानकारी दिए ।