१५ बैशाख २०८१, शनिबार
Follow Us

अबको बाटो आर्थिक समृद्धि : नेता पौडेल

नेपालब्रिटेन डट कम्
१८ माघ २०७३, मंगलवार १४:४२

गोरखा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले मुलुकको आर्थिक समृद्धिका लागि सबै दलहरु इमान्दारीपूर्वक लाग्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति गोरखाले आज सदरमुकाममा आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उहाँले भन्नुभयो –“अबको बाटो आर्थिक समृद्धि भएकाले यसतर्फ सबै दलहरु गम्भीर भएर अगाडी बढ्नुपर्दछ ।”
नेता पौडेलले आउँदो ०७४ माघ ७ भित्र स्थानीय, प्रदेश र सङ्घीय निर्वाचन गर्नुपर्ने भएकाले यसका लागि तयार रहन कार्यकर्तालाई आग्रह पनि गर्नुभयो । प्रशिक्षणमा जिल्ला परामर्श समितिका ८० जना कार्यकर्ता सहभागी छन् ।