१४ बैशाख २०८१, शुक्रबार
Follow Us

लन्डन दूतावासमा सेवाग्राहीलाई थप सुविधा

नेपालब्रिटेन डट कम्
१८ माघ २०७३, मंगलवार १७:०६

लन्डन । लन्डनस्थित नेपाली दूतावासले सेवाग्राहीका लागि आफ्नो सेवालाई विस्तार गरेको छ । दूतावासले बुधवार देखि हुलाक मार्फत नेपालको भिसाको लागि आवेदन गर्ने आवेदकलाई कागजात प्राप्त भएकै दिन भिसा जारी गरी सम्बन्धित ब्यक्तिको ठेगानामा हुलाकबाटै फिर्ता पठाइदिने व्यवस्था मिलाएको हो ।

दूतावासले मंगलवार एक विज्ञप्ति जारी गर्दै भिसाको लागि हुलाकरपोस्ट मार्फत यस राजदूतावासमा पठाउँदा राहदानी र भरेको भिसा फाराम सहित राजदूतावासको बैंक खातामा जम्मा गरेको भिसा शुल्क रसिद र राहदानी फिर्ता प्राप्तिको लागि हुलाक खाम अनिवार्य रुपमा पठाउनु अनुरोध गरेको छ ।

भिसाको लागि सेवाग्राहीले राजदूतावासमा उपस्थित भई सोही दिन भिसा प्राप्त गर्ने सुविधालाई समेत यथावत राखिएको दूतावासले जनाएको छ ।

दूतावासले गैरआवासीय नेपाली परिचय पत्र, यात्रा अनुमति पत्र र अन्य सम्बन्धित पत्रहरु आवेदन गरेकै दिनमा जारी गर्ने व्यवस्था मिलाएको छ ।