७ बैशाख २०८१, शुक्रबार
Follow Us

हट एण्ड सेक्सी भनेर चिनिन चाहन्छु : मोडल सुस्मिता गुरुङ (हट तस्बिरसहित)

नेपालब्रिटेन डट कम्
१९ माघ २०७३, बुधबार ०६:०६

ग्ल्यामर्स क्षेत्रमा एउटा छुट्टै पहिचान बनाएर अगाडी बढ्ने सोचका साथ् संघर्षरत हुन नब मोडल सुस्मिता गुरुङ । आफुलाई हट एण्ड सेक्सी मोडलको रुपमा चिनाउन चाहने मोडल सुस्मिताले पछिल्लो समय फ़ोटोसुटहरु पनि त्यस्तै गरेकी छिन । मोडलिङ संसार, रंगिन संसार अर्थात सिने संसारमा रमाउन नचाहने मानिस सायद कमै मात्रमा होलान नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ । त्यस्तै चाहना लिएर मोडलिङको भिडमा आफुलाइ स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाका साथ अहिले मोडेल सुस्मिता गुरुङ लागेकी छिन ।
????????????????????????????????????
पेशाले एक कुशल ब्युटिसियन रहेकी पुर्बको सुन्दर शहर धरानकी स्थाई बासिन्दा सुस्मिता काठमाडौँलाइ कर्मथलो बनाएर अहिले आफ्नो लक्ष्यमा पुग्न दिन रात लागि परेकी छिन र त्यसै अनुरुप मेहनत पनि गरि रहेकी छिन । नृत्य र अभिनयमा पोख्त सुस्मिता सुन्दर मुहार र आकर्षक शरीरको धनि पनि छिन मिलेको शरीर अनि सुन्दर मुहारनै उनि भित्रको आकर्षण पनि हो । आधा दर्जन जति म्युजिक भिडियोहरुमा समेत आफ्नो कुशल अभिनय प्रस्तुत गरि सकेकी छीन भने सुस्मिताले केहि डकुमेन्ट्री र गुरुङ चलचित्रमा समेत अभिनय गरिसकेकी छिन । उनी अभिनय, नृत्य र कलालाइ अझै निखारता ल्याउदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन । सुस्मिता गुरुङ हेर्दा सार्हैनै आकर्षित छिन, हासी रहने शालीन स्वभाबकि सुस्मिता यदि म्युजिक भिडियो तथा फिल्ममा अफर आएमा खेल्ने र निरन्तर यो क्षेत्रमा लागि पर्ने बताउछिन । सानै उमेर देखि मोडलिङमा रुचि राख्ने उनको नृत्यमा पनि त्यतिकै रुचि छ, सुस्मिता अभिनयमा पनि आफुलाइ अब्बल दर्जामा राख्न कोसिशरत छिन ।
2
भर्खरै मात्र मोडल तथा गायिका तृष्णा बुढाथोकीको गीतमा मोडलिङ गरेर चर्चा कमाएको हट मोडल सुस्मिता आउदा दिनहरुमा अझ राम्रो गर्दै सिने नगरीमा स्थापित हुन चाहन्छिन । सुस्मिता गुरुङ भन्छिन, अब मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यहि क्षेत्रमा आफ्नो ट्यालेन्ट प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउछु । उनि भन्छिन जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नुनै जीवन हो एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ् आफु अगाडी बढेको कुरा पनि उनि बताउछिन ।
– सुर्य चन्द
3