१४ बैशाख २०८१, शुक्रबार
Follow Us

मृतकको परिवारलाई युएइबाट सहयोग

नेपालब्रिटेन डट कम्
१९ माघ २०७३, बुधबार ०६:१५

पाल्पा । संयुक्त अरब इमिरेट्स (युएइ) मा ज्यान गुमाएका पाल्पाको जल्पा–९ का विष्णुबहादुर थापाको परिवारलाई पाल्पाली समाज युएइले आर्थिक सहयोग गरेको छ । गत मङ्सिर १० गते हृदयाघातका कारण ज्यान गुमाएका थापाका छ वर्षीय छोरा प्रतीक थापाको शैक्षिक खर्चका लागि रु एक लाख सहयोग गरिएको हो । थापाकी श्रीमती जल्पा–९ की टिकुमाया थापालार्ई नगद हस्तान्तरण गरेको समाजका फुजेरा क्षेत्रीय अध्यक्ष इन्द्रबहादुर घर्र्तीले जानकारी दिनुभयो । पश्चिमाञ्चल फाइनान्स कम्पनीमा दुई वर्षमा नवीकरण गर्ने गरी मंगलबार रु एक लाख हस्तान्तरण गरिएको समाजका अध्यक्ष घर्तीले बताउनुभयो ।
समाजले किरिया खर्चका लागि मृतककी श्रीमती टिकुमायालाई र २५ हजार सहयोग गरेको छ । चार वर्षअघि दुबई पुगेका थापाको हृदयाघातका कारण मृत्यु भएको थियो । पाल्पाली समाज युएइले यसअघि युएइमा ज्यान गुमाएका माधव गैरे र बाबुराम विकको परिवारलाई पनि करिब रु दुई लाख सहयोग गरेको थियो ।