१३ बैशाख २०८१, बिहीबार
Follow Us

माघ १९ : ज्ञानेन्द्रले शासन हातमा लिएको दिन

नेपालब्रिटेन डट कम्
१९ माघ २०७३, बुधबार ०६:२५

काठमाडौं । आज माघ १९ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले देशको शासन व्यवस्था आफ्नो हातमा ल्याएको दिन । आजको दिनलाई नेपालको प्रजातान्त्रिक आन्दोलनमा कालो दिनको रुपमा लिने गरिन्छ । २०६१ माघ १९ मा राजा ज्ञानेन्द्रले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई दोस्रो पटक बर्खास्त गरीसम्पूर्ण सत्ता हातमा लिने घोषणा गरेका थिए । प्रजातान्त्रिक व्यवस्थालाई क्रियाशील बनाउने र तीन वर्षभित्र निर्वाचन गराएर जनप्रतिनिधिलाई शासन सत्तामा फर्काउने भन्दै ज्ञानेन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई पदच्युत गरेका थिए ।
सत्ता हत्याए लगत्तै मुलुकमा राजनीतिक अधिकार, मानवअधिकार तथा प्रेस स्वतन्त्रता कुण्ठित भएको थियो । शीर्ष नेता कार्यकर्तालाई नजरबन्दमा राखिनुका साथै सञ्चारगृहलाई सैन्य नियन्त्रणमा लिइएको थियो । राजाको सोही कदमलाई राजतन्त्र अन्त्यको प्रमुख कारण मानिन्छ । त्यसपछि प्रमुख दलको आन्दोलनले ज्ञानेन्द्र दलहरुसंग सम्झौता गर्न बाध्य भएका थिए । त्यसपछि, संसद पुनस्थापना र संविधानसभा निर्वाचन हुँदै गणतन्त्र स्थापना भएको छ ।
माघ १९ यता यो १२ बर्षको अवधिका देशमा राजनीतिक परिवर्तनहरु भएका छन् । जनता आफैले संविधानसभाबाट आफ्नो लागि संविधान जारी गर्न सफल भएका छन् । तर २ सय ४० वर्षदेखिको राजतन्त्र अन्त्य गरी ल्याएको लोकतन्त्र र यसको उपलब्धी खतरामा परेको भन्दै चिन्ता व्यक्त हुन थालेको छ ।