१३ बैशाख २०८१, बिहीबार
Follow Us

लोकमान हटाएपछि २० मुद्दाको फाइल ‘क्लोज’

नेपालब्रिटेन डट कम्
१९ माघ २०७३, बुधबार १४:२२

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष वामदेव गौतम, नेता सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे, राजेन्द्र पाण्डे, अग्नि खरेल, राज्यलक्ष्मी गोल्छा, पुष्पकमल दाहाल, जनार्दन शर्मा, नन्दबहादुर पुन, शक्ति बस्नेत, कृष्ण सिटौला, उमेश श्रेष्ठ, टेकबहादुर गुरुङ, बहादुरसिंह लामा, आङछिरिङ शेर्पा, दीपक भट्ट, सचिनला श्रेष्ठ– सेयरवाला एनसेल, सतिशलाल श्रेष्ठ, सेयरवाला एनसेल गरी १९ र लडाकु शिविर छँदाको राज्यकोषले दिएको अर्वौंको भ्रष्टाचार छानबिन मुद्दा गरी २० मुद्दा लोकमानलाई हटाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फाइल अनुसन्धान नगर्ने स्पष्ट पारेको छ ।
अख्तियारलाई प्यारालाईसिस गराएर मुद्दाको फाइल क्लोज गरिएको बताइएको छ । अख्तियार अव राजनीतिक दलले बनाएको आदेशपालक मुख्यिार बन्न लागेको लोकमान सिंह कार्की नजिकका व्यक्तिहरुले बताउन थालेका छन् ।
नाराले सुशासन कायम हुने होइन, चरित्र र व्यवहारले हो । चरित्र र व्यवहार भ्रष्टाचारी हुने अनि मुलुकमा बिधिको शासन कसरी स्थापित हुनसक्छ ? कार्यपालिका, व्यवस्थापिकामात्र होइन, न्यायपालिकामा समेत व्यक्तिवादी भागबण्डाको प्रचलन बस्यो । यी सबै संस्था आइएनजीओकरण पनि हुनथालेका छन् ।
अव मुलुकमा कुनै पनि भ्रष्टाचारकाण्डको भण्डाफोड नहुने र भ्रष्टाचारीले दण्डसजाय पाउन नसक्ने डरलाग्दो सन्देह उत्पन्न हुनपुगेको छ । लोकमान सिंह कार्की अयोग्य थिए, मनपरी गरे भने उनलाई हटाउनु एउटा कुरा हो, उनलाई पन्छाइयो ।
उनलाई पन्छाएपछि अख्तियारले स्वतन्त्र रुपमा काम किन गर्न सकेको छैन । ३४ किलो सुनदेखि अनेक भ्रष्टाचार, सेटिङमा माफियाको चर्तिकला बढेर गएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले १३१औं भ्रष्टाचारी र दक्षिण एसियामा तेश्रो भ्रष्टाचारी मुलुक बनिसक्यो ।