८ बैशाख २०८१, शनिबार
Follow Us

पूर्वराजा ज्ञानेन्द्रको चर्चा नेपालमा भन्दा भारतमा बढी

नेपालब्रिटेन डट कम्
१९ माघ २०७३, बुधबार १४:२३

काठमाडौं । परराष्ट्र र सुरक्षा मामिलामा निर्देशनबिना कुनै पनि सूचना र समाचार नछाप्ने भारतीय अखवारमा यतिबेला नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह छ्याप्पछ्याप्ती छाउन थालेका छन् । जनवरी २३ को इण्डियन एक्सप्रेसमा अन्नपूर्ण पोष्टका सम्पादक युवराज घिमिरेको आलेख ‘पूर्वराजासँग वार्ता र सहमति गर ।’ छापिएपछि पूर्वराजा ज्ञानेन्द्रको चर्चाले व्यापकता पाएको हो । हप्ता १५ दिनमा यस्ता समाचारहरु भारतीय अखवारहरुमा छापिने क्रम हिजोआज झन बढेको छ ।
किन ? नेपालबाट राजतन्त्र समाप्त पार्ने प्रमुख कारक भारत नै हो भनिएको छ । उसैले माओवादी जन्मायो, हुर्कायो, धारिलो पा¥यो र राजतन्त्र समाप्त गराएको विश्लेषण गरिन्छ ।
केही दिन अघि पूर्वराजाले राजगद्दी छाडेको, मुलुक र जनताप्रतिको दायित्वबाट टाडा भएको छैन भन्दा प्रधानमन्त्री र गृहमन्त्रीले मन्त्रिपरिषदमै छलफल गरे । कारवाही गर्ने धम्की दिए तर तिनलाई आकाशवाणी भएपछि तिनहरु यतिबेला चुपचाप छन् । अर्थात्, पूर्वराजाको दावी, चीन र भारतको नेपालको राजनीतिप्रतिको बढ्दो चासो र यस क्षेत्र र विश्व शान्तिमा समेत नेपालका भूराजनीतिक, सामरिक र रणनीतिक महत्वका कारणले भारतमा पूर्वराजाको चर्चा बढेको विश्लेषण गरिदैछ ।
राजनीतिक दलको असफलता, संवैधानिक संकट र बढ्दो अराजकताका कारणले पूर्वराजालाई उनले भनेजस्तो दायित्ववोध गरायो भने उनी जनतासँग उभिन आउन सक्ने विश्लेषण राजावादीहरुको छ ।