June 3, 2020
3:38 AM | 8:23 AM

काँग्रेस नेता तिवारीको निधन

  2nd February 2017 मा प्रकाशित

काठमाडौं । नेपाली काँग्रेसका नेता चिरञ्जीवीनिधि तिवारीको ७३ वर्षको उमेरमा निधन भएको छ । प्याङ्क्रियाजको क्यान्सरबाट पीडित तिवारीको बुधबार साँझ नेपाल क्यान्सर अस्पताल हरिसिद्धीमा उपचारको क्रममा निधन भएको उहाँको परिवार निकट काँग्रेस नेता लोकेश ढकालले राससलाई जानकारी दिनुभयो । काठमाडौँ क्षेत्र नं ४ का महासमिति सदस्य रहनुभएका तिवारी नेपाल विद्यार्थी सङ्घको संस्थापक सदस्य समेत हुनुहुन्थ्यो ।
उहाँ नेपाल उद्योग वाणिज्य महासङ्घको पूर्व उपाध्यक्ष र नेपाल तयारी पोसाक उद्योग सङ्घको पूर्व अध्यक्ष पनि हुनुहुन्थ्यो । स्व नेता तिवारी २०५६ को संसदीय निर्वाचनमा काँग्रेसको तर्फबाट काठमाडौँ निर्वाचन क्षेत्र नं ३ बाट उम्मेदवार बन्नुभएको थियो । स्व तिवारीको आजै राति पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने बताइएको छ । तिवारीका एक श्रीमती दुई छोरा र दुई छोरी हुनुहुन्छ ।

प्रतिक्रिया