१५ बैशाख २०८१, शनिबार
Follow Us

ग्लास्गो नेपाली एसोसिएशनमाको अध्यक्षमा पुन: दिलु गैरे

नेपालब्रिटेन डट कम्
२० माघ २०७३, बिहीबार ०६:३९

स्कटल्याण्ड । ग्लास्गो स्थित किनिंग पार्क कम्प्लेक्सको हलमा गत सोमवार विहान ग्लास्गोको जेठो नेपाली संस्था ग्लास्गो नेप्लिज एसोसिएशनको अधिवेशन सम्पन्न भयो । एसोसिएशनका अध्यक्ष दिलु गैरेको सभापतित्व तथा वेमिसका चिफ एक्जुकेटिभ अफिसर रामी औस्ता विशेष अतिथ्यता र अम्रेला एसोसिएशन स्कटल्याण्डका संयोजक टिका लिम्वुको प्रमुख आतिथ्यता रहेको उक्त भेलामा ग्लास्गोका विभिन्न क्षेत्रवाट नेपालीहरु भेला भएका थिए।
उक्त भेलाले एक कार्यकाल भरखरै पुरा गरेका दिलु गैरेलाई पुन: निर्विरोध अध्यक्ष पदमा चुनेको हो । सोही भलाले विधिवत चौथ सदस्यीय कार्यसमिति र सात सदस्यीय सल्लाहकार समेत चयन गरेकोछ । जस मध्य उपाध्यक्षमा सरोजा अर्याल र राम प्रसाद केंडेल ,सचिव गौरव खरेल,सह-सचिव सजना गैरे,कोषाध्यक्ष छविलाल अर्याल ,सह-कोषाध्यक्ष शुसीला गैरे र सदस्यहरु क्रमश यज्ञमूर्ति ढकाल ,दिलाराम गैरे,करुणा ढुंगेल,पवित्रा खरेल,टंक सापकोटा,शंकर के.सी.र निर्मल अर्याललाई चयन गरयो ।
समितिमा सात सदस्यीय सल्लाकार रहने प्रावधान भएकाले नारायण ढकाल,मिनप्रसाद खरेल ,केशव भट्टराई ,शेषकान्त खराल, राजकुमार सापकोटा ,डिन खराल र एक जनाको पद एसोसिएशन को पहिलो वैठकमा पूर्ति गरिने गरी रिक्त राखिएकोछ । सरोजा अर्याल र सजना गैरेले संचालन गरेको उक्त भेलालाई एसोसिएशनका अध्यक्ष दिलु गैरेले स्वागत मन्तव्यद्वारा स्वागत गरे । त्यसै गरि सचिव राम प्रसाद कंडेलले वार्सिक प्रतिवेदन प्रस्तुत गरे भने संस्थाका कोषाध्यक्ष लविलाल अर्यालले अार्थिक विवरण सुनाए ।
सभाका विशेष अतिथि रामी ओस्ताले वेमिसका वारेमा प्रकास पार्दै ग्लास्गो नेप्लिज एसोसिएशनले गरेको परिश्रम देखेर खुसीलागेको वताउदै भविष्यमा पनि संस्थालाई सहयोग गर्न तयार रहेको राय व्यक्त गरे । त्यसै गरी केशव भट्टराई,डिन खराल , सरोजा अर्याल लगाएतले संस्थाको वारेमा आ- अफ्ना विचार राखे ।
सन् २००९ मा विष्णु भक्त महर्जनको नेत्रित्वमा स्थापना भएको ग्लास्गो नेप्लिज एसोसिएशनको दुईवटा कार्यकाल विष्णु भक्त महर्जनको नेत्त्रीत्वमा रहयो त्यस पछिको दुई कार्यकाल मोहन कार्कीको नेत्रित्वमा रहयो अनि पाँचौ कार्यकाल साम्हाल्न २०१५ आईपुगेका थिए दिलु गैरे । अहिलेसम्मका सवै नेत्रित्वहरुको नतिजा राम्रा र सिर्जनसिलनै देखिन्छन् । अव आगामी वर्षाहरुको नतिजा समयले देखाउदै जानेछ ।
– कृष्णा देवकोटा