७ बैशाख २०८१, शुक्रबार
Follow Us

स्थापना दिवसमा नौं नारी सम्मान

नेपालब्रिटेन डट कम्
२० माघ २०७३, बिहीबार ०६:४२

काठमाडौं । बसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा ओमकारबाणी धार्र्मिक पत्रिकाले सरस्वतीका नौ प्रतिकका रुपमा नौ जना महिला शक्तिलाई हिजो बुधबार सम्मान गरेको छ । पत्रिकाको दसौ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा विभिन्न विधामा क्रियाशील नौजना नारी शक्तिलाई सम्मान गरिएको हो ।
यसरी सम्मानित हुनेमा साहित्यकार तथा पत्रकार कृष्णा पौडेल, सञ्चारीका समुह चितवनकी अध्यक्ष सृजना अर्याल, नागरिक दैनिककी पत्रकार चाँदनी हमाल, निओनकी अध्यक्ष लक्ष्मी पौडेल, एनआरएनएका प्रवक्ता रञ्जु वाग्ले, प्राध्यापक भूमा पाण्डे, धर्म संरक्षक अप्सरा ढकाल, योग गुरु राधिका भट्टराई र भजन गायिका सीतालक्ष्मी गोर्खाली रहेका छन् । सबै क्षेत्रबाट सरस्वती बाणीका रुपमा निरन्तर लागि परेकाले नौ नारी शक्तिलाई सम्मान गरिएको आयोजकले बतायो ।
सरस्वती पूजा लगत्तै सांसद गीता वाग्लेले नौ नारी शक्तिलाई सम्मान गरेकी थिइन् । कार्यक्रमममा बसन्त श्रवण समेत गराईएको थियो । कार्यक्रममा पत्रिकाले हिन्दु धर्म ,संस्कार,संस्कृती र इतिहास संरक्षण गरिरहेकाले यसलाई जोगाउनु पर्नेमा वक्ताहरुले जोड दिए । नेपाल हिन्दुराज्य नरहनुका पछाडी देशका ९५ प्रतिशत ओमकार समुह एकजुट नहुनु मूख्य कारक रहेको सांसद वाग्लेले उल्लेख गरिन् । ‘न त धर्म निरपेक्ष न त धर्म सापेक्ष ,उनले थपिन् ,‘नेपाल केवल हिन्दुराज्य हुनुपर्छ ।
रिपोटसर्् क्लबमा आयोजित कार्यक्रममा विश्वहिन्दु अन्तराष्ट्रिय महासंघका केन्द्रिय सदस्य दिनबन्धु अर्यालले नेताहरु समेत गाल टार्ने पक्षमा रहेको आरोप लगाए । हिन्दुधर्म संरक्षक माधव भट्टराईले हिन्दु धर्म बचाउनका लागि सबैसँग आग्रह गरे । हिन्दु धर्मको वकालत गरिरहेको ओमकारबाणी पत्रिका जोगाउन समेत सबैले सहकार्य गरेर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा मधुसुदन सुवेदी, नीलप्रसाद भण्डारी, भूमा पाण्डेलगायतले धर्म संरक्षणका विषयमा धारणा राखेका थिए । नेपालको वैदिक परम्परा मुल्यमान्यता सञ्चारका मार्फत जनजनमा पुराउने उदेश्यका साथ पत्रीका प्रकासन शुरु गरेको पत्रीकाका सम्पादक तथा प्रकासक अरुण पान्डेल जानकारी दिनु भयो ।