१६ चैत्र २०८०, शुक्रबार
Follow Us

स्थानीय निर्वाचनको मिति सरकारले आज घोषणा गर्ने

नेपालब्रिटेन डट कम्
२० माघ २०७३, बिहीबार ०६:५२

काठमाडौं । सरकारले आज स्थानीय तह निर्वाचनको मिति तोक्ने तयारी गरेको छ । आज बस्ने मन्त्रिपरिषद् बैठकबाट प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन मिति तोक्न लागेका हुन । सरकारले स्थानीय तह निर्वाचनको सबै तयारी अघि बढाउन निर्वाचन आयोगलाई औपचारिक आग्रह पनि गर्दै छ । ७ माघ २०७४ भित्र तीनै तहको निर्वाचन गरिसक्नु पर्ने संवैधानिक व्यवस्थाअनुसार आयोगलाई काम अघि बढाउन सरकारले औपचारिक आग्रह गर्न लागेको हो । सरकारले वैशाख मसान्तदेखि जेठ २० सम्म चरणबद्धरुपमा स्थानीय तहको निर्वाचन गर्ने तयारी गरेको छ । निर्वाचनको मिति घोषणमा सत्ता साझेदार कांग्रेस र प्रतिपक्षि एमाले सहमत भएपनि मधेसी मोर्चा असन्तुष्ट छ । उसले संविधान संशोधन विधेयक पारित हुने ग्यारेन्टी भएपछि मात्रै निर्वाचन मिति घोषणा गर्न सरकारलाई दवाव दिँदै आएको छ ।