६ बैशाख २०८१, बिहीबार
Follow Us

अचानक कानको प्वालमा सर्प पसेपछि…..

नेपालब्रिटेन डट कम्
२० माघ २०७३, बिहीबार ०७:२९

न्यूयोर्क । अमेरिकी राज्य ओरेगानमा बसोबास गर्ने एक महिलाले गरगहना लगाउन प्वाल पारिएको कानको लोतीबाट सर्प निकाल्ने प्रयास गर्दा अडकिएको छ । कानको प्वालबाट सर्प झुन्डिरहेको तस्बिर एसली ग्लाइले आफ्नो फेसबुक पेजमा पोष्ट गरेकी छन् । उनले लेखिकी छन्, यो नै मेरो जीवनको पागलनले भरिएको समय हो । सर्प मेरो कानको प्वालमा अडकिएको छ । यसका लागि मैले संकटकालीन उपचारको साहारा लिनु परेको थियो ।
एसली भन्छन, सर्पको नाम बाल पाइथन हो, सर्प अचानक कानको प्वालमा प्रवेश गरेको थियो । सर्प यति छिटो प्रवेश ग¥यो कि उनले चाल नै पाइनन् । त्यसलाई निकाल्न मैले ढिलो गरिसकेको थिएँ, ताकि त्यो बीचमा आएर अड्कियो । उनलाई कानको भन्दा पनि सर्पको चिन्ता थियो । अब यो सर्पको अवस्था के होला ? भनेर । तर पछि सबै ठीकठाक नै रह्यो । उनले आफ्ना मित्रहरुलाई भनेअनुसार डाक्टरहरुले सर्प निकाल्न उनको कान काट्नु परेन । सर्पलाई जर्बजस्ती तानेर बाहिर निकालिइएको थियो । बाल पाइथन पनि अहिले ठीकठाक नै छ ।