१४ बैशाख २०८१, शुक्रबार
Follow Us

दशगजा क्षेत्रमा गल्ती भएको भारतीय पक्षद्वारा स्वीकार

नेपालब्रिटेन डट कम्
२० माघ २०७३, बिहीबार १२:२७

काठमाडौं । महोत्तरीको मटिहानी गाविससँग जोडिएको भारतीय सहर मधवापुरको दशगजा क्षेत्रमा आफ्नैतर्फबाट निर्माण गरेको पक्की सडक र नाला तुरुन्त भत्काउन भारतीय अधिकारीले निर्देशन दिएका छन् । भारत विहारको मधुवनी जिल्लास्थित भारतीय सीमा सुरक्षा बल (एसएसबी) को ४८ ‘बी’ बाहिनीमा आयोजित ‘भारत–नेपाल सीमा सत्यापन एवं मर्मत कार्यशाला’मा मधुवनीका डिएम गिरवर दयाल सिंहले यस्तो निर्देशन दिएका हुन् । मधुवनीका एसपी दीपक वर्णबाल र एसएसबीका एसपी अजितसिंह राठोरलगायतले पनि दशगजा क्षेत्रमा बनाइएको संरचना हटाउन निर्देशन दिएको बताइएको छ । भारतीय पक्षले दुवै देशको सीमा क्षेत्रमा भएको अतिक्रमण, सीमास्तम्भ स्थानान्तरण वा भत्काइएको पाइए संयुक्त सर्वे टोलीले स्थलगत निरीक्षण गरी मर्मत सम्भार र व्यवस्थापन गर्ने पनि स्पष्ट पारेको छ । महोत्तरीका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले मधुवनीको जयनगरमा भएको संयुक्त बैठकमा भारतीय पक्षले दशगजा क्षेत्रमा निर्माण गरेको पक्की सडक र नाला भत्काउन निर्देशन दिइएको पुष्टि गरे । सीमाक्षेत्रको दशगजाभन्दा दुवैतिर ३० मिटरसम्म कुनै पनि संरचना निर्माण नगर्ने अन्तर्राष्ट्रिय मान्यता र सम्झौता रहे पनि भारतीय पक्षले मटिहानी र मधवापुरको बीचमा दशगजा मिचेर पक्की सडक र नाला बनाएको थियो ।