१६ चैत्र २०८०, शुक्रबार
Follow Us

स्थानीय निर्वाचन र संविधान संशोधन प्रस्ताव एकसाथ अघि बढाउनुपर्ने कांग्रेसको निष्कर्ष

नेपालब्रिटेन डट कम्
२० माघ २०७३, बिहीबार १२:३९

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय निर्वाचन र संविधान संशोधन प्रस्ताव एकैसाथ अघि बढाउनुपर्ने निष्कर्ष निकालेको छ । पार्टी संसदीय दलको कार्यालय, सिंहदबारमा बसेको पार्टी पदाधिकारीसहित नेताहरुको अनौपचारिक बैठकले संविधान कार्यान्वयन र निर्वाचनका लागि तत्काल सबै राजनीतिक दल तयार हुनुपर्ने ठहर गरेको हो ।
कांग्रेसले स्थानीय निर्वाचन मिति तत्काल घोषणा गर्न सरकारलाई आग्रह गर्दै संसदमा पेस भएको संविधान संशोधन प्रस्ताव पनि अघि बढाउनुपर्ने निष्कर्ष निकालेको छ । मधेसी मोर्चालाई देखाएर निर्वाचनमा आलटाल गर्न नहुने भन्दै कांग्रेसले संविधान संशोधन प्रस्ताव पारित गराउन पार्टी प्रयत्नशील रहने जनाएको छ ।
महामन्त्री शशांक कोइरालाले स्थानीय निर्वाचन कसरी गराउने भन्ने विषयमा छलफल भएको जानकारी दिए । उनले मधेसी दलले चुनावमा जान इन्कार गरेको बेला काँग्रेस कसरी अघि बढ्ने भन्नेबारे छलफल भएको बताए ।