१५ चैत्र २०८०, बिहीबार
Follow Us

राजले किन भने नगर्नु माफ मलाई

नेपालब्रिटेन डट कम्
२० माघ २०७३, बिहीबार १२:४१

अहिलेका चर्चित गायक राज सिग्देलमा आवाजको नयाँ गजलको म्युजिक भिडियो सार्वजनिक भएको छ। “नगर्नु माफ” बोलको यो गजलमाअहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलले संगीत गर्नु भएको हो भने शब्द गीतकार नृपेश उप्रेतीको हो।

आफ्नो गल्ती र अपराधको स्विकारोक्तीको यो गजल लेखन र भावको दृष्टिकोणले पृथक रहेको र सुन्ने हरकोहीले यसको पृथकता महशुस गर्न सक्ने गीतकार उप्रेती बताउँछन। यो गजल गीतकार उप्रेतीको एकल रचनाको एल्बम आहान अर्को खुशीमा समाबेश छ। यसअघि एल्बमका चारगीतहरुको म्युजिक भिडियोहरु सार्वजनिक भैसकेकाछन। जसमध्य शिव परियार र प्रमोद खरेलको आवाजको आफ्नै जिन्दगी अन्जु पन्तको जुनी जुनी र हिमाल सागर र अन्जु पन्तको आफ्नै जिन्दगी बोलको गीत भिडियोहरु श्रोता र दर्शकहरुले निकै रुचाएका थिए। एल्बमका बाँकी अन्य ४ गीतहरुको पनि म्युजिक भिडियो बन्दै गरेको बताइएको छ।

नगर्नु माफ मलाईको भिडियोलाई निर्देशन तथा सम्पादक अजय सारु मगरले गरेका हुन। मोडल द्वय सपना मगर र आर्यन चन्दलाई यस भिडियोमा प्रमुख भुमिकामा देख्न सकिन्छ।
भिडियो लिंक