१६ चैत्र २०८०, शुक्रबार
Follow Us

चुनावको तयारी थाल्न निर्वाचन आयोगलाई पत्र पठाउने निर्णय

नेपालब्रिटेन डट कम्
२० माघ २०७३, बिहीबार १४:०७

काठमाडौं । सरकारले निर्वाचन आयोगलाई स्थानीय तहको निर्वाचनको तयारी थाल्न आग्रह गर्ने निर्णय गरेको छ । विहीबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले आयोगलाई औपचारिक पत्र पठाएर निर्वाचनसम्बन्धी तयारी अघि बढाउन आग्रह गर्ने निर्णय गरेको हो । तर, स्थानीय निर्वाचन कहिले हुने भन्ने चाहिँ केही पनि निर्णय गरिएको छैन । व्यवस्थापिका–संसदले विहीबारै स्थानीय निर्वाचनसम्बन्धी सबै विधेयकहरु पारित गरिसकेकाले सरकारको आग्रहसँगै आयोगले निर्वाचनका लागि कर्मचारी परिचालनलगायतका कामहरु अघि बढाउनसक्ने जनाइएको छ । तर, निर्वाचनको मिति नै नतोकेसम्म निर्वाचनको सुनिश्चितता भने भएको छैन ।