८ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएन भवनको लागि यूकेबाटै १ करोड ४७ लाख उठेन्

नेपालब्रिटेन डट कम्
२० माघ २०७३, बिहीबार १६:३२

बार्सिलोना । गैरआवासीय नेपाली संघ (एनआरएनए) काठमाडौंमा केन्द्रीय कार्यालय निर्माण कार्यले तीव्रता पाईरहेका बेला प्रतिबद्दता रकम भने उठ्न सकेको छैन। एनआरएनका बिभिन्न क्षेत्रहरुबाट १९ करोड ७१ लाख ८० हजार ३ सय १२ रुपैयाँ ८३ पैसा प्रतिबद्दता रकमको घोषणा भए पनि हाल सम्म ९ करोड ९३ लाख ८२ हजार ५ सय ९६ रुपैयाँ ८३ पैसा मात्र एनआरएन खातामा संकलन भएको छ। अर्थात् ९ करोड ७७ लाख ९७ हजार ७ सय १६ रुपैयाँ उठ्न सकेको छैन। संघको केन्द्रीय कार्यालय भवनको लागत करिव २५ करोड रुपैयाँ लाग्ने अनुमान भएको बेला प्रतिबद्दता रकम समेत जुट्न सकेको छैन।

अमेरिका क्षेत्रबाट ४ करोड २६ लाख रुपैयाँ प्रतिबद्दता रकम मध्ये एनआरएनको खातामा हालसम्म १ करोड ८६ लाख ३५ हजार २ सय ४४ रुपैयाँ १७ पैसा मात्र जम्मा भएको छ। एनआरएन अमेरिकाले मात्र ३ करोड ७६ लाख प्रतिबद्दता रकम जुटाएको थियो तर १ करोड ९७ लाख ८४ हजार ५ सय ८८ रुपैयाँ उठ्न बाँकी छ।

यस्तै एसिया प्यासिफिक क्षेत्रबाट ५ करोड ५६ लाख ४७ हजार ४ सय ३० रुपैयाँ प्रतिबद्दता रकम जुटेको थियो। १ करोड ८६ लाख ८१ हजार ९ सय ७६ रुपैयाँ १३ पैसा मात्र संकलन भएको छ। भने बाँकी रकम अझै सम्म उठेको छैन। यो क्षेत्र अन्तर्गत जापानबाट मात्र २ करोड ६० लाख ६५ हजार ५ सय ७६ रुपैयाँ उठ्न सकेको छैन। एनआरएन भबनका लागि जापानमा मात्र ३ करोड ५४ लाख ६१ हजार ८ सय २५ रुपैयाँ प्रतिबद्दता रकम जुट्न सफल भएको थियो। तर हाल सम्म ९३ लाख ९६ हजार २ सय ४९ रुपैयाँ मात्र खातामा जम्मा भएको छ।
यस्तै सर्बाधिक ५ करोड ९८ लाख ४० हजार ९ सय १२ रुपैयाँ ७७ पैसा प्रतिबद्दता उठेको युरोप क्षेत्रबाट ३ करोड ४४ लाख ५७ हजार ३४ रुपैयाँ ४४ पैसा मात्र एनआरएन खातामा जम्मा भएको छ। तर २ करोड ५३ लाख ८३ हजार ८ लाख ७८ रुपैयाँ उठ्न बाँकी छ।

युरोपमा सबै भन्दा बढी बेलायतवाट १ करोड ४७ लाख २ सय ६१ रुपैयाँ उठ्न सकेको छैन। २ करोड २४ लाख ५५ हजार १ रुपैयाँ प्रतिबद्दता रकम उठेको बेलायतबाट हालसम्म ७७ लाख ५४ हजार ७ सय ४० रुपैयाँ १९ पैसा मात्र संकलन गरेर खातामा पठाईएको छ। यस्तै यही क्षेत्रवाट नै ४४ लाख ९८ हजार ४ सय ११ रुपैयाँ प्रतिबद्दता रकम जुटेको बेल्जियमबाट मात्र १७ लाख ९२ हजार ३६ रुपैयाँ ३० पैसा पठाईएको छ तर बाँकी रकम संकलन हुन सकेको छैन। यस्तै ४६ लाखको प्रतिबद्दता आएको जर्मनीवाट पनि हाल सम्म २३ लाख ५६ हजार ५ सय ७६ रुपैयाँ ९४ पैसा मात्र संकलन भएको छ।

एनआरएनले आफ्नो वेभसाईट मार्फत सार्बजनिक गरेको बिबरणमा ओसेनिया क्षेत्रमा ३ करोड ३३ लाख ४३ हजार रुपैयाँ प्रतिबद्दता रकम मध्ये २ करोड ३९ लाख ८९ हजार ४ सय ६७ रुपैयाँ ९ पैसा संकलन भएको छ। तर ९३ लाख ५३ हजार ५ सय ३३ रुपैयाँ रकम संकलन हुन बाँकी छ।

मिडिल ईष्टबाट प्रतिबद्दता भएको ४९ लाख ६९ हजार १ सय ४४ रुपैयाँ मध्ये काठमाडौ स्थित एनआरएन खातामा ३१ लाख २७ हजार ४ सय २१ रुपैयाँ मात्र जम्मा भएको छ। यस्तै अफ्रिका क्षेत्रबाट ७ लाख ७९ हजार ८ सय २५ रुपैयाँ ५० पैसा प्रतिबद्दता रकम मध्ये ३ लाख ४१ हजार ७ सय ३९ रुपैयाँ मात्र उठेको छ।

अध्यक्ष घलेले रकम संकलन अभियानका क्रममा प्रतिबद्धता जनाएका सवैलाई रकम तत्कालै गैरआवासीय नेपाली संघको खातामा जम्मा गरिदिन आग्रह गरेका छन् । सहयोगको प्रतिबद्धता जनाएका दाताहरुले तत्कालै रकम भुक्तानी हुन सके तोकिएको समयमा भवन निर्माण पुरा हुने संघले जनाएको छ। आगामी सात महिनाभित्र भबन निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य संघले लिएको छ।

सबै बिबरण हेर्न यहाँ क्लिक गर्नुहोस्