७ बैशाख २०८१, शुक्रबार
Follow Us

मधेसी मोर्चालाई बाहिरै राखेर भएपनि चुनाव गर्नुपर्छ : शशांक

नेपालब्रिटेन डट कम्
२१ माघ २०७३, शुक्रबार १२:३०

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले अब कुनैपनि तागतले स्थानीय चुनाव रोक्न नसक्ने बताएका छन् । शुक्रबार विराटनगर विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले अधिकतम् लचकता अपनाउँदा पनि मधेसी मोर्चाले स्थानीय चुनावमा सहमति नजनाएको भन्दै ‘अब जो–कोही नआएपनि चुनाव रोकिँदैन ।
अधिकतम् सहमतिको आधारमा चुनावमा जान प्रयास गरिरहँदा मधेसी मोर्चा बाधक बने मधेसी दललाई नै बाहिर राखेर भएपनि चुनाव गराउनुपर्ने उनको भनाइ थियो ।
तत्काल चुनवाको मिति घोषणा गरेर संविधान कार्यान्वयनको गति बढाउन कोइरालाले सरकारलाई सुझाव दिए । चुनावअघि संविधान संशोधन सम्भव नहुने पनि कोइरालाले प्रस्ट पारे ।