१६ चैत्र २०८०, शुक्रबार
Follow Us

दिप प्रज्वलनमा ३ करोड बढी संकलन

नेपालब्रिटेन डट कम्
२२ माघ २०७३, शनिबार ०४:५६

चितवन । माघे संक्रान्तिको अवसर पारेर चितवनकोे देवघाटमा सञ्चालन भएको ३३ करोड दिप प्रज्वलन तथा १ हजार ८ कुम्भ कलश पुजन तथा मकर स्नान महामेलामा ३ करोड १३ लाख १२ हजार ८२ रुपैया आर्थिक संकलन भएको छ । आयोजक विश्व जागरण महाअभियान ट्रष्टले आज देवघाटमा पत्रकार सम्मेलनको आयोजना गरि सम्पुर्ण खर्च कटाएर सो रकम वचत भएको जानाकारी दिएको हो ।
मेलामा संकलन भएको ३ करोड ७८ लाख ५७ हजार १ सय ९५ रुपैया मध्य ६५ लाख ४५ हजार १ सय १३ रुपैया खर्च भएको महोत्सवका संकल्पकर्ता तथा प्रमुख वाचक ईश्वरकृष्ण महाराजले जानाकारी दिनुभयो ।उहांले अडिट सहितको आयव्यय छिट्टै सार्वजनिक गरिने समेत वताउनुभयो ।मेलामा करिव १ करोड भक्तजन उपस्थित भएको महाराजले दावी गर्नुभयो ।संकलन भएको रकमले देवघाटधाममा मन्दिर निर्माण गर्ने,भुकम्प पिडित वालवालिकालाई राख्ने आवास वनाउने,वृद्धसेवा सदन र पाठशाला वनाउने उहाले वताउनु भयो । नेपालमा गएको विनाशकारी भुकम्प र विभिन्न घटना दुर्घटनामा अकालमा मृत्यु भएकाहरुले मोक्ष प्राप्त गरुन भन्ने कुम्भ मेलाको उदेश्य पुरा भएको महाराजको भनाई छ ।
मेलामा संकलन भएको ६ टन चामल देबघाट क्षेत्रभित्र रहेको वृद्धाश्रमलाई बितरण गरिएको छ भने अझै २५ टन चामल बांकी रहेको सो अवसरमा जानाकारी दिइएको छ । ३३ करोड दिप प्रज्वलन गर्ने लक्ष्य राखिएका मेलामा ७३ करोड दिप प्रज्वलन गरिएको ट्रष्टले जनाएको छ ।देशका विभिन्न क्षेत्रवाट भक्तजनहरु कुम्भ मेलामा आएका थिए ।