१४ बैशाख २०८१, शुक्रबार
Follow Us

गैडाकोटमा खाद्य मेला

नेपालब्रिटेन डट कम्
२२ माघ २०७३, शनिबार ०५:००

चितवन । नवलपरासीको गैडाकोट स्थीत नारायणी नदिकिनारमा खाद्य मेलाको आयोजना भएको छ । नेपाल सरकार कृषि बिकास मन्त्रालय खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागको आयोजनामा मेलाको आयोजना भएको हो । परम्परागत स्थानीय पोषिला खाद्य पदार्यहरुको प्रर्वधन गरौ असल पोषणका लागी खानेबानिमा सुधार गरौ भन्ने मुल मन्त्रका साथ आयोजना भएको मेलाको नवलपरासीका प्रमुख जिल्ला अधिकारी उदय रानाले उद्धघाटन गर्नु भयो । मेलाको उद्धघाटन गर्दै रानाले मानिसमा खानेतरिका सिकाउन खाद्य मेला धेरै उपयोगी हुने बताउनु भयो । खान नपुगेर भन्दा पनि खान नजानेर मानिसहरुलाई बिभिन्न प्रकारका जटिल रोगहरुलागेको भन्दै उहाले भातमात्रै खाने बानिको अन्तय गरी पुराना हाम्रा परम्परागत खाना खाने बानिको बिकास गर्न उहाले आग्रह गर्नु भयो ।
उहाले नेपाल सरकारले कृषि बिकासका लागी कृषिलाई आधुनिकीकरण र यान्त्रिकरण गर्नु पर्नेमा जोड दिनु भयो । कृषि क्षेत्रले नेपालको राष्ट्यि अर्थतन्त्रमा ३३ प्रतिसत योगदान दिएको तर सरकारले कृषिको बिकासमा जम्मा ३ प्रतिसत मात्रै बजेट बिनियोजन गर्नु आफैमा दुखद भएको उहा बताउनु हुन्छ । प्रबिधिको प्रयोग सहितको आधुनीक कृषिका लागि सरकारले नया नया कार्यक्रमको आयोजना गरि मानिसलाई परम्परागत खाद्यबस्तुको उत्पादन र प्रयोगमा जोड दिनु पर्ने उहाको भनाई छ । भात मात्रै खाने संस्कारको अन्त्य गरी अन्य अत्पादनहरुको उपभोग गरी खाद्य संकटबाट देशलाई मुक्त गर्न र आफनो स्वास्थ्यमा समेत ध्यान दिन उहाको आग्रह छ ।
बिदेशीले बार्षीक १४ केजी मात्रै चामलको उपभोग गर्ने तर नेपालीले बार्षीक १२४ किलो सम्म चामल खाने हुदा बार्षीक करोणैँमुल्यको चामल आयात गर्न सरकार बाध्य भएको उहा बताउनु हुन्छ । आम नागरिकले चामलको कम भन्दा कम उपभोग गरी अन्य पुराना नेपाली उत्पादन कोदो मकै, गहु फापर लगाएतको परिकारहरु बनाएर उपभोग गर्नु आवस्यक रहेको उहा बताउनु हुन्छ ।
कार्यक्रममा बोल्दै कार्यक्रमका संयोजक दिपक सापकोटाले खाद्य बस्तुको उपभोग त्यसबाट हुने फाईदा र मानिसमा खाने बानिको बिकासका लागी नेपाल सरकार संग सहकार्यगरी मेला आयोजना गरिएको उहाले बताउनु भयो । भातको भात्रै उपभोग गर्दा त्यसले मानिसमा बिभिन्न प्रकारका रोगहरुलाग्ने गरेकोले अब भातको बिकल्पमा सन्तुलन मिलाएर अन्य उत्पादन उपभोग गरी स्वास्थ्य रहन उहाको आग्रह छ ।
त्यस्तै क्षेत्रिय खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय रुपन्देहिका प्रमुख हस्त राईले मानिसमा खानेबानिको बिकास गरी मानिसलाई निरोगी र स्वास्थ्य बनाउन स्थानिय संघ संस्था संग सहकार्य गरि कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।
त्यस्तै खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागका महानिर्देशक शन्जिव कुमार कर्णले नेपालमा खान नपाएर भन्दा पनि खान नजानेर खाद्य संकट बढेको र मानिसहरु रोगी हुन थालेकाले के कसरी र कति खाने भन्ने बिषयमा आम सर्वसाधारण लाई जानकारी दिन मेला आयोजना गरिएको बताउनु भयो ।
म्ोलामा जाने दर्शकले मेला बाट कुन परिकारमा कति पोषण पाईन्छ र कति बेला कुन चिज खाने भन्ने समेत जानकारी पाउने उहा बताउनु हुन्छ । चामलको प्रयोग घटाएर रोटी, आटो ढयाडो लगायतका परिकार खान उहाको आग्रह छ । भातको बिकल्पमा अन्य उत्पादनको प्रयोग गर्न सके नेपालि मुद्रा बिदेशीन बाट समेत जोगिने उहा बताउनु हुन्छ ।
कार्यक्रममा उद्योग बाणिज्य संघका अध्यक्ष अमृत भट्टचन, गैडाकोट नगरपालिकाका प्रशासकिय अधिकृत लिलाधर शर्मा लगायतले बोलेका थिए ।
मेलामा स्थानीय जातजातिका खानाका परिकार सँगै च्याउ, केरा, जुस, हिमालय क्षेत्रका उत्पादन, मौरीको उत्पादन, दुग्ध, नुन, उखु , चियापति, सिस्नुको पाउण्डर, लेकाली उत्पादन, आलु लगायत झण्डै ६० वटा भन्दाबढी घरेलु तथा साना उद्योगका उत्पादनको स्टलहरु रहेका छन् । मेलामा स्टल लिएवापत आयोजकले स्टलवालालाई दैनिक एकहजार रुपैयाँ समेत प्रोत्साहन भत्ता स्वरुप प्रदान गर्ने छ । कार्यक्रममा राष्ट्यि कलाकारहरुको बेजोड प्रस्तुति समेत रहेको थियो । मेला सनिबार समापन हुदैछ । मेलाको सहआयोजकमा उद्योग बाणिज्य संग गैडाकोट रहेको छ ।