६ बैशाख २०८१, बिहीबार
Follow Us

जनसम्पर्क समिति डेनमार्कको निर्वाचन संयोजकमा लोकमानको छनक !

नेपालब्रिटेन डट कम्
२२ माघ २०७३, शनिबार १७:२२

कोपनहेगन ।

जनसम्पर्क समिति डेनमार्कको अधिवेशन नजिकिंदै छ । तयारी पनि सोहि अनुरुप हुँदै छ । यहि फेब्रुअरी ११ गतेका दिन कोपनहेगनमा हुने चौथो अधिवेशनको उद्घाटन कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले गर्दै छन् ।

आगामी कार्यकालका लागि अध्यक्षमा चार जना आकांक्षी देखिएका छन् । अहिलेसम्मकै धेरै सदस्य संख्या १६५९ सदस्य रहेको जनसम्पर्क समिति डेनमार्कको संगठन ठुलो रहेको यसका सदस्य संख्याले देखाउंछ । डेनमार्कमा करीब ३००० नेपालीहरुको संख्या रहेको अनुमान छ ।

अधिवेशन सम्पन्न गर्नको लागि निर्वाचन समिति बनेर पनि संयोजक पनि तोकिएको छ । तर निर्वाचन समिति संयोजक याम लाल सुवेदीले आँफुलाई प्रमुख निर्वाचन आयुक्त भन्दै आएको उनले जारी गरेको पत्रमा देखिएको छ । सबैलाई सुचना जारी गर्ने पत्रहरुमा सुवेदीले निर्वाचन आयोग अनि आँफुलाइ प्रमुख निर्वाचन आयुक्त भएको बनाउंदै आएका छन् । यो कुरा जनसम्पर्क समिति डेनमार्कले आफनो फेसबुक पेजमा निर्वाचन समितिले जारी गरेको सुचना राखेपछि बल्ल सबैलाई थाह भएको हो ।

1
कुनै पनि पार्टीका संगठन अनि संघ संस्थाहरुमा अधिवेशन सम्पन्न गर्नको लागि निर्वाचन समिति बनाइएको हुन्छ र त्यसको संयोजन तोकिएको हुन्छ । यो समिति नै अस्थाई र थोरै अवधी बढीमा एक डेढ महिनाको दिनको मात्र हुन्छ । तर यती छोटो समयको लागि संयोजक बनेका सुवेदीले निर्वाचन समितिलाई निर्वाचन आयोग अनि आँफैलाई प्रमुख निर्वाचन आयुक्त बनाउंदै पत्राचार गर्ने गरेको पाइएको छ ।

आयोग र आयुक्त सरकारी शब्द भएकोले यसको दुरुपयोग भएको जनसम्पर्क समितिकै धेरै सदस्यले असन्तुष्टी जनाएका छन् । नेपाली कांग्रेस पार्टीकै महाधिवेशनमा पनि निर्वाचन समिति बनेको थियो र त्यसमा अध्यक्ष भनेर तोकिएको थियो तर विदेशको सानो संगठनमा पनि बनेको सानो समितिलाई यसरी अनावश्यक ठुलो बनाउनु र आँफुलाई के केन ठुलो बनाउंदै प्रमुख निर्वाचन आयुक्त भन्दै पत्र काट्नु हास्यास्पद रहेको धेरैको ठम्म्याई छ । आँफुलाई ठुलो र मपाईंत्व देखाउन शब्दको चरम दुरुपयोग गरिएको रुपमा यसलाई हेरिएको छ ।

विधि र विधानमै नभएको व्यवस्था अनि विधि र विधान विपरीतको उनको हर्कतले युरोपका नेपाली सबैलाई चकीत तुल्याएको छ। यस्तो हर्कत संबैधानिक निकाय निर्वाचन आयोगको मानहानी भएको रुपमा लिने गरिन्छ।