१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन यूकेले कांग्रेस नेतृ आरजु देउवासँग अन्तरक्रिया गर्ने

नेपालब्रिटेन डट कम्
२२ माघ २०७३, शनिबार २०:०८

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले भ्रमणमा रहेकी नेपाली कांग्रेस नेतृ डा. आरजु देउवासँग अन्तरक्रिया गर्ने भएको छ । गैरआवासीय नेपाली संघ यूरोप संयोजक कुल आचार्यका अनुसार सोमबार सांझ लन्डन नर्थहोल्टस्थित ब्लु अर्किड रेस्टुरेन्टमा उक्त अन्तरक्रिया कार्यक्रम हुन लागेको हो ।

उक्त कार्यक्रममा उपस्थित एनआरएनए यूकेका संरक्षक, अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्यहरु, युरोप संयोजक, सल्लाहकार र कार्यसमितिका सदस्यहरु लगायतको उपस्थिती हुने जनाएको छ ।

नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी धर्मपत्नी डा. आरजु राणा देउवा नेपाली कांग्रेसकी सभासद रहनुका साथै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कल्याणकारी संघ संस्थामा आवद्ध छन् । सो कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल परिदिनुहुन् गैरआवासीय नेपाली संघ यूकेले बेलायतबासी नेपाली समूदायलाई आग्रह गरेको छ ।