१६ चैत्र २०८०, शुक्रबार
Follow Us

को हुन् ती ट्रंपको कार्यकारी आदेश विरुद्ध फैसला गर्ने न्यायाधीश !

नेपालब्रिटेन डट कम्
२२ माघ २०७३, शनिबार २०:१७

पुरुषोत्तम ढकाल, लसएन्जलस,। युएस स्टेट डिपार्टमेन्टले सबै अमेरिकी भिषा बाहकहरुलाई अमेरिका आगमनको अनुमति दिएको छ । शनिबार स्टेट डिपार्टमेन्टले यस्तो घोषणा गरेको हो ।

स्टेट डिपार्टमेन्टका अनुसार राष्ट्रपति डोनाल्ड ट्रंपको कार्यकारी आदेश संगै सात मुश्लिम बहुल देशका नागरिकलाई अमेरिका आगमनमा लगाइएको प्रतिबन्ध विरुद्ध आएको फेडरल जजको आदेशलाई सम्मान गर्दै युएस स्टेट डिपार्टमेन्टले सबै अमेरिकी भिषा बाहकहरुलाई अमेरिका आगमनको अनुमति सुचारु गरेको हो । स्टेट डिपार्टमेन्ट सम्बद्ध एक अधिकारीले भने, ‘हामीले भिषा भएकाहरुको अमेरिका आगमनमा लगाइएको प्रतिबन्ध फिर्ता लिएका छौ । अमेरिकी भिषा वैध भएकाहरु यो घोषणासंगै सहजरुपले अमेरिका आउन सक्छन ।’ स्मरण रहोस राष्ट्रपति ट्रंपको कार्यकारी आदेश संगै झन्डै ६० हजार ट्राभल भिषा खारेज गरिएको बताइएको थियो ।

स्टेट डिपार्टमेन्ट सम्बद्ध एक अधिकारीका अनुसार ट्रंप प्रशासन डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीसंग सहकार्य गरिरहेको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले एक बिज्ञप्ति जारी गरी फेडरल जजको आदेशलाई सम्मान गर्दै कार्यकारी आदेश लागु गर्न गरिएको निर्णय फिर्ता लिएका छौ । यद्यपी फेडरल जजको फसैला बिरुद्ध युएस डिपार्टमेन्ट अफ जस्टिसका अधिकारीहरु कार्यकारी आदेश अनुरुप प्रतिबन्ध कायम राख्न अपिल गर्ने तयारीमा जुटेका छन् ।

होम ल्याण्ड सेक्युरिटीको भनाइ छ कार्यकारी आदेश अमेरिकी नागरिकको सुरक्षा गर्ने राष्ट्रपति ट्रंपको दायित्व र जिम्मेवारी अन्तर्गत आएको हो । राष्ट्रपति ट्रंपले आफ्नो कार्यकारी आदेश बिरुद्ध आएको फेडरल जजको आदेशलाई हास्यासपद भनेर टिप्पणी गरेका छन् । शुक्रबार राती सियाटल डिस्ट्रिक्ट कोर्टका न्यायधिश जेम्स रोबर्टले राष्ट्रपति ट्रंपको कार्यकारी आदेश रोक लगाउने आदेश दिएका थिए ।

न्यायधिश जेम्स रोबर्टको फैसला अमेरिकाभर लागु हुनेछ । शनिबार बिहान राष्ट्रपति ट्रंपले ट्विट गर्दै भनेका छन्, ‘तथाकथित न्यायधिशको राय हास्यासपद छ र यसलाई तत्काल रद्ध गरिने छ । यस्तो आदेशले कानुन लागु गराउन कठिन हुनेछ जस्तोकि राष्ट्रिय सुरक्षाको मामलामा झनै कठिन परिस्थिति निर्माण गर्नेछ ।’ जानकारी रहोस राष्ट्रपति ट्रंपले कार्यकारी आदेश जारी गर्दै इरान, इराक, लिबिया, सोमालिया, सुडान, सिरिया र यमनका नागरिकलाई कम्तिमा ९० दिन अमेरिका प्रवेशमा रोक लगाएका थिए । न्यायाधिश जेम्स रोबर्टले राष्ट्रपति ट्रंपको आदेशलाई रोक लगाएको जानकारीसंगै शनिबार देखीनै सात मुश्लिम देशका अमेरिकी भिषा बाहक नागरिकहरु अमेरिका आउने क्रम सुचारु भएको छ ।