१२ बैशाख २०८१, बुधबार
Follow Us

मधेशी नेतालाई बुढानीलकण्ठमा स्वागत

नेपालब्रिटेन डट कम्
२३ माघ २०७३, आईतवार ०८:४८

काठमाडौं । संबिधान संशोधन प्रक्रिया अघि नबढेपछि असन्तुष्ट रहेको मधेसी मोर्चासँग सत्ता साझेदार नेपाली कांग्रेसले छलफल गर्ने भएको छ । कांग्रेस सभापति शेरवहादुर देउवालगायतका नेताले आज मधेसी मोर्चाका शीर्ष नेतासँग छलफल गर्न लागेका हुन् । पार्टी सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा मोर्चाका नेताहरुलाई छलफलका लागि डाक्नु भएको छ । संविधान संशोधन विना नै सरकारले निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेपछि असन्तुष्ट रहेको मोर्चालाई सहमतिमा ल्याउन कांग्रेसले पहल गर्न लागेको हो । राजधानीको बुढानिलकण्ठस्थित देउवा निवासमा हुने बैठकमा संविधान संशोधन, निर्वाचनको तयारी र पुनःसंरचना आयोगको प्रतिवेदन परिमार्जनलगायत विषयमा छलफल हुने बताइएको छ । बैठकमा मोर्चाले संशोधन प्रस्ताव अगाडि बढाउन सरकारले गरेको ढिलाईबारे जिज्ञासा राख्दै छ । मोर्चा संशोधन प्रस्ताव पारित गरेर मात्र निर्वाचन प्रक्रिया अघि बढाउनु पर्ने अडानमा छ ।