१३ बैशाख २०८१, बिहीबार
Follow Us

स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न ध्यानाकर्षण

नेपालब्रिटेन डट कम्
२३ माघ २०७३, आईतवार ०९:१८

काठमाडौं । व्यवस्थापिका–संसद्को आजको बैठकको शून्य समायमा सांसद्हरुले तत्काल स्थानीय निकायको निर्वाचन मिति घोषणा गर्न सदन र सरकारको ध्यानाकर्षण गराएका छन् । लामो समयदेखि स्थानीय निकायको निर्वाचन हुन नसक्दा विकास निर्माणको कामले गति लिन नसकेको सन्दर्भमा १९ वर्षपछि हुन लागेको निर्वाचनको मिति तत्काल घोषणा गर्नुपर्ने उनीहरुको जोड थियो ।
सरकारले खुट्टा नकमाईकन आवश्यकताअनुसार निर्वाचन मिति घोषणा गर्नु नै अहिलेको प्रमुख राजनीतिक दायित्व रहेको उनीहरुको कथन थियो । संविधान कार्यान्वयनका लागि निर्वाचन गर्नुको विकल्प नरहेकाले सरकारले प्रस्ट निर्णय गर्नुपर्ने सांसदहरु भनाइ थियो । यसरी धारणा राख्ने सांसद्हरुमा सुकलदेव सुतियार, सीता गिरी ओली, सूर्यप्रकाश बाला राई, हर्कबोल राईलगायत हुनुहुन्थ्यो ।