१२ बैशाख २०८१, बुधबार
Follow Us

अस्पतालबाट हराएको शिशु भेटियो

नेपालब्रिटेन डट कम्
२३ माघ २०७३, आईतवार ०९:२५

वीरगन्ज । नारायणी उपक्षेत्रीय अञ्चल अस्पताल बीरगञ्जबाट दुई दिन अघि हराएको नवजात शिशु फेला परेको छ । शिशुलाई पर्साको बेलवा गाविसमा लालसादेवी साहबाट प्रहरीले उद्धार गरेको हो ।
बीरगञ्ज छपकैया निवासी मुकेश पाशवानकी श्रीमती आसादेवी पाशवानले शुक्रवार बिहान जन्माएको बच्चा अपरान्ह २ बजे नारायणी उपक्षेत्रीय अस्पतालको प्रसुतीगृहबाट चोरी भएको थियो । आइतबार भेटिएको शिशु गम्भीर अवस्थामा रहेको प्रहरीले जनाएको छ । प्रहरीले उद्धार गरेको शिशुलाई अस्पतालले एमआइसियुमा राखेको छ । शिशु चोरीको आरोपमा बेलवा गाविसकी लालसादेवी साहलाई प्रहरीले पक्राउ गरी थप अनुसन्थान गरिरहेको छ ।