१३ बैशाख २०८१, बिहीबार
Follow Us

सुन काण्डमा एसएसपी खत्री पक्राउ

नेपालब्रिटेन डट कम्
२३ माघ २०७३, आईतवार ०९:३३

काठमाडौं । एसएसपी श्याम खत्रीलाई दुबईबाट आएको ३४ किलो सुन काण्डमा पक्राउ गरिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान विभाग सिआईबीको टोलीले आज प्रहरी प्रधान कार्यालयबाटै पक्राउ गरेको हो । सुनकाण्डमा मुछिएसगैँ खत्रीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरी प्रधान कार्यालय नक्शालमा सरुवा गरिएको थियो । खत्री एक वर्षदेखि विमानस्थलमा कार्यरत थिए । सुनको मालिक खोज्ने क्रममा प्रहरीले एयरपोर्ट भन्सारका केही कर्मचारीहरुलाई पनि पक्रेको छ ।