८ बैशाख २०८१, शनिबार
Follow Us

काठमाडौंका विभिन्न स्थानबाट ३७ बंगलादेशी नागरिक पक्राउ

नेपालब्रिटेन डट कम्
२३ माघ २०७३, आईतवार १४:००

काठमाडौं । महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले काठमाडौंका विभिन्न स्थानमा अवैधरुपमा बसिरहेका ३७ बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ । ठमेल, नयाँ बजार र ढल्कु क्षेत्रमा संचालित कपडा सिलाउने उद्योगमा छापामारी परिचय बदलेर नेपाल वसिरहेका ३७ बंगलादेशीलाई पक्राउ गरेको प्रहरी टोलीले पक्राउ गरेको हो। प्रहरीले चमतीबाट १५ जना, ढल्कुबाट ८ जना, नयाँबजारबाट १२ जना र ठमेलबाट २ जनालाई पक्राउ गरेको जानकारी दिएको छ।
चोरबाटो भएर नेपाल आउने र नेपालमा नक्कली राहदानी खरिद गरी युरोप तथा खाडी देश जाने गरेको अनुसन्धानमा खुलेको छु । बृत्तका प्रमुख डिएसपी सोमेन्द्रसिंह राठौरले नेपालीले संचालन गरेका होजियारी उद्योगबाट विनाकुनै कागजपत्र अवैध बसोवास गरिरहेका बंगलादेशीलाई नियन्त्रणमा लिएको जानकारी दिए।