१४ बैशाख २०८१, शुक्रबार
Follow Us

पाकिस्तान एयरलाइन्स भित्र दंगा, हिथ्रोमा ल्याण्ड गर्न रोक

नेपालब्रिटेन डट कम्
२५ माघ २०७३, मंगलवार २०:३८

लण्डन । पाकिस्तान एयरलाइन्सलाई लण्डनको हिथ्रोमा ल्याण्ड गर्न दिइएन । पाकिस्तानको लाहोरबाट लण्डन आएको पाकिस्तान एयरलाईनका यात्रुले प्लेनभित्र हुलदंगा गरेपछि लण्डको हिथ्रो एयरपोर्टमा ल्याण्ड गर्नपर्ने बिमानलाई अन्यत्रै मोडिएको छ।
लण्डनको सबैभन्दा ब्यस्त एयरपोर्टमा उत्रन लागेको बिमानभित्र हुलदंगा गररिहेका यात्रु रहेको खवर पाएरपछि पाकिस्तान एयरलाईन्सको पिके ७५७ लाई अर्को बिमानस्थल स्टेन्ण्डटेडमा ल्यान्ड गराइएको थियो।
लण्डनस्थित स्थानिय सुरक्षा अधिकारीहरुले बताएअनुसार प्लेन ल्याण्ड गर्ने समयमा यात्रुले प्लेनभित्र हुल दंगा गरिरहेको खवर पाएपछि अन्यत्र लैजान आग्रह गरिएको थियो। सुरक्षाकर्मीहरुले पाकिस्तान एयरसँगै दुइवटा रोयल एयर फोर्सपनि उक्त बिमानस्थलमा पठाइएको थियो। प्लेनमा हुलदगा गर्ने ब्यक्तिलाइ सुरक्षाकर्मीले पक्राउ गरेको छ।