१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन यूकेका पूर्व अध्यक्ष गुरुङ बेल्जियममा सम्मानित

नेपालब्रिटेन डट कम्
२५ माघ २०७३, मंगलवार २०:५१

लन्डन । गैरआवासीय नेपाली संघ यूकेका पूर्वअध्यक्ष सूर्य गुरुङलाई बेल्जियममा सम्मान गरिएको छ । गुरुङलाई गैरआवासीय नेपाली संघ बेल्जियमले मंगलवार लुभेनमा आयोजित एक कार्यक्रममा सम्मान गरेको हो ।
एनआरएन बेल्जियमका अध्यक्ष गंगाधर गौतमको अध्यक्षमा भएको कार्यक्रममा नेपाल हयाण्डबल महासंघका अध्यक्ष, हयाण्डबल साउथ एसियाका उपाध्यक्ष, नेपाल ओलम्पिक कमिटीका सदस्य, नेपाल ओलम्पिक कमिटीको एनआरएनए हेर्ने
संयोजक तथा कसमस कलेजका प्रमुख कार्यकारी अधिकृत तेज गुरुङलाई समेत सम्मान गरियो । उनीहरुलाई गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष गंगाधर गौतमले खादा लगाएर सम्मान गरेका थिए ।

सो कार्यक्रममा बेल्जियमस्थित नेपाली संघसँस्थाका प्रतिनिधीहरुको उपस्थिती थियो । कार्यक्रममा,
प्रमुख अतिथी तेज गुरुङ, एनआरएनएको सचिब अर्जुन कुमार श्रेष्ठ, एनआरएन यूके पूर्वअध्यक्ष सुर्य गुरुङ लगायतले मन्तब्य दिएका थिए । कार्यक्रमको
संचालक गोबिन्द सिंह अधिकारी गरेका थिए भने स्वागत मन्तव्य आङ माया लामाले गरे ।
2

1

2