१५ बैशाख २०८१, शनिबार
Follow Us

दलाई लामाले लुम्बिनी दर्शन गर्ने !

नेपालब्रिटेन डट कम्
२६ माघ २०७३, बुधबार ०६:५६

काठमाडौं । नेपाल–चीन सम्बन्धमा अमिलो निचोरेर फटाउने अमूक अस्त्रका रुपमा दलाई लामालाई नेपाल भित्र्याउने नया मिसन पाएको छ प्रचण्ड सरकारले । गृहमन्त्री विमलेन्द्र निधि दलाई लामालाई लुम्बिनीमा बुद्ध दर्शन गर्न आउन दिन किन नहुने भनेर लविङ सुरु गरिसकेका छन् ।
तिब्बतबाट पलायन भएर भारतको धर्मशालामा बसोबास गरिरहेका धर्मगुरु दलाई लामाले नेपाललाई केन्द्र बनाएर लामो समयदेखि फ्रि तिब्बत मुभमेन्ट चलाइरहेका छन् । चीनले नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिन र नेपालको एक चीन नीतिको प्रतिवद्धता समयमा खोजिरहेको छ ।
गत महिना कांग्रेस सभापति देउवा भारतको गोवाको एक कार्यक्रममा दलाई लामाका प्रतिनिधिसग भेटघाट गरेर आएपछि कर्नाटक विधानसभाले महिला सांसद सम्मेलन आयोजना गरेर सभामुख ओनसरी घर्तीलाई निम्त्याएको थियो । त्यहाँ दलाई लामा नै आउने थाहा पाएपछि उनी जाने कुरा रद्द गरेकी छिन् । देउवाभन्दा ओनसरी बाठी बनेको यो दृश्य देखियो ।
अव भारत र पश्चिमा जसरी पनि दलाई लामालाई नेपाल भित्र्याउने मिसनमा लागेका छन् र त्यसो गर्दा एमालेको राष्ट्रवाद र नेपाल–चीनवीचको सम्बन्ध बिग्रने सोच छ भारतको । त्यसै पनि पहिलेदेखि नै धर्मगुरु दलाई लामाले जहा टेक्यो, त्यो भूमि नै पवित्र हुने प्रचार नेपालमा गरिने गरेको छ ।
स्मरणी छ, केही समयअघि मंगोलियामा यसैगरी पश्चिमा र भारतको दबाबमा दलाई लामालाई हुलियो र मंगोलिया र चीनको मीठो सम्बन्ध नराम्ररी बिग्रिन पुग्यो । चीनले दलाई लामालाई नेपाल पसेको हेर्न चाहिरहेको छैन । नेपालले पनि एकचीन नीतिमा प्रतिवद्ध रहेको स्थितिमा चीन नाखुस हुनेगरी दलाई लामालाई नेपाल भित्र्याउनु जोखिमपूर्ण हुनेछ ।