७ बैशाख २०८१, शुक्रबार
Follow Us

अविलम्ब सङ्घको निर्वाचन गर्न माग

नेपालब्रिटेन डट कम्
२७ माघ २०७३, बिहीबार ०६:२६

काठमाडौं । नेपाली काँग्रेसनिकट भ्रातृ सङ्गठन नेपाल सांस्कृतिक सङ्घको अधिवेशनमा अविलम्ब निर्वाचन गर्न माग गरिएको छ । हिजो बुधबार आयोजित पत्रकार सम्मेलनमा सङ्घको अध्यक्ष पदका प्रत्याशी सुष्मा कार्कीले लोकतान्त्रिक प्रणालीमा सर्वसम्मत कायम गर्ने नाममा सम्बन्धित उम्मेदवारलाई परामर्श नगरीकन पदाधिकारी घोषणा गरेकाले त्यसलाई सच्याउन पार्टीका शीर्षस्थ नेतृत्वलाई आग्रह गर्नुभयो ।
उहाँले एक साताभित्र सो अधिवेशनलाई केन्द्रीय नेतृत्वले निर्वाचनको प्रक्रियामा नलगिएमा आफू न्यायका लागि अदालतमा जाने प्रतिवद्धता व्यक्त गर्नुभयो । यही माघ २२ गतेदेखि मङ्गलबारसम्म काठमाडौँमा जारी दोस्रो अधिवेशनमा सहमतिका आधारमा अध्यक्ष पदमा पुनः तीर्थ थापाको नेतृत्वमा कार्यसमिति गठन गरिएको जनाइएको छ । सो अधिवेशनमा देशभरबाट नौसयभन्दा बढी प्रतिनिधि मतदाताका रुपमा सहभागी भएको बताइएको छ ।