७ बैशाख २०८१, शुक्रबार
Follow Us

वरिष्ठ नेता पौडेल युरोप प्रस्थान

नेपालब्रिटेन डट कम्
२७ माघ २०७३, बिहीबार ०६:२९

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल युरोप प्रस्थान गर्नुभएको छ । डेनमार्क नेपाली जनसम्पर्क समितिको अधिवेशनमा भाग लिन उहाँ बुधबार राति ८ः३० को ओमन एयरमार्फत त्यसतर्फ प्रस्थान गर्नुभएको हो । नेता पौडेलले डेनमार्क जनसम्पर्क समितिको अधिवेशनका साथै नेदरल्याण्ड र बेलायतको जनसम्पर्क समितिको कार्यक्रममासमेत भाग लिने उहाँका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो । उहाँ यही फागुन ८ गते स्वदेश फर्कनुहुनेछ ।