१४ बैशाख २०८१, शुक्रबार
Follow Us

दसगजा क्षेत्रमा कस्टम कार्यालय बनाइँदै

नेपालब्रिटेन डट कम्
२७ माघ २०७३, बिहीबार ०७:०६

महोत्तरी । सीमावर्ती क्षेत्रको दशगजा मिचेर भारतले ‘कस्टम’ अफिस बनाउन थालेको छ । सीमादेखि आठ किलोमिटर क्षेत्रभित्र ठूला संरचना निर्माण नगर्ने आफ्नै नीति पन्छाएर भारतले महोत्तरीको मलिवारासँग जोडिएको भिठामोरको दसगजामै ‘कस्टम’ अफिस बनाइरहेको हो । कस्टम अफिसको पिल्लर र बीम राख्ने काम जारी रहँदा तीन वटा शौचालय पनि निर्माणाधिन छ । सशस्त्र प्रहरी बल मलिवाराका प्रहरी निरीक्षक गोविन्द पोखरेलले निर्माण नगर्न पटक–पटक आग्रह गर्दा पनि भारतीय पक्षले अटेर गरेको जानकारी दिए । निर्माणकर्ता भारत सरकार वा नेपालस्थित भारतीय दूताबासले निर्देशन नदिएसम्म काम नरोक्ने अडानमा छन् । महोत्तरीमा पर्ने दशगजाको विभिन्न ठाउँमा भारतले यसअघि पनि ‘कस्टम’ अफिस, प्रहरी चौकी र अन्य संरचना बनाएको छ । भारतसँग ३८ दशमलब चार सात किलोमिटर सीमा जोडिएको महोत्तरीका स्थानीय नेपाल सरकारकै वेवास्ताका कारण दशगजा अतिक्रमण बढिरहेको बताउँछन् ।