१४ बैशाख २०८१, शुक्रबार
Follow Us

श्रीस्वस्थानी व्रतकथा आजदेखि सम्पन्न

नेपालब्रिटेन डट कम्
२८ माघ २०७३, शुक्रबार ०७:१५

काठमाडौं । हिन्दू धर्मावलम्बीले पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्ने श्रीस्वस्थानी व्रतकथा आज सकिदैछ । व्रतातुले एक महिनासम्म एक छाक मात्रै खाएर श्रीस्वस्थानीको पूजाका साथ ब्रतकथा सुन्ने-सुनाउने चलन छ । यसो गर्दा पुण्य र मनोकांक्षा पूरा हुने बताइन्छ । सत्ययुगमा महादेवलाई पति पाउन विष्णुको सल्लाहमा हिमालयकी पुत्री पार्वतीले निराहार रहेर श्रीस्वस्थानीको व्रत गर्दा मनोकांक्षा पूर्ण भएको जनश्रुतीकै निरन्तरतामा अहिले पनि महिनाभर यस्तो ब्रत बस्ने चलन छ । आज व्रत समाप्तिमा श्रीस्वस्थानीको पूजा गरी चढाइने एक सय आठ नैवेद्य, एक सय आठ पान, सुपारीलगायत सामग्रीमध्ये आठ–आठ नैवेद्य, सुपारी र पान श्रीमानलाई, श्रीमान् नभए छोरालाई, छोरा नभए मीत छोरालाई र मीत छोरा पनि नभए इच्छा पूरा होस् भनी खोलामा लगेर बगाइदिने र बाँकी व्रतालु स्वयम्ले खाने प्रचलन छ । ब्रत समयभर काठमाडौंको पशुपति, गौरीघाट, गणेश मन्दिर, शालीनदी तथा सतीदेवीको अंग पतन भएका स्थानमा पूजाआजा गरेमा मोक्ष मिल्ने धार्मिक विश्वासका साथ ती स्थानमा भक्तजनको घुइँचो लागेको थियो ।