१५ चैत्र २०८०, बिहीबार
Follow Us

निर्वाचनको तयारीमा लाग्न महामन्त्री कोइरालाको निर्देशन

नेपालब्रिटेन डट कम्
२८ माघ २०७३, शुक्रबार १३:३०

इनरुवा । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले स्थानीय निकायको निर्वाचनको तयारीमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ । सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका वडा नं ५ मा आयोजित वडा भेला कार्यक्रमलाई आज सम्बोधन गर्नुहँुदै उहाँले सो कुरा बताउनुभएको हो । महामन्त्री कोइरालाले स्थानीय चुनाव अहिलेकै सरकारले गर्ने भएकाले त्यसमा कुनै शङ्का नगरी त्यसको तयारीमा लाग्न आग्रह गर्नुभयो ।
उहाँले चुनाव नभए देश नै सङ्कटमा पर्नसक्ने भएकाले चुनाव नहुनेमा आशङ्का नगर्न कार्यकर्तालाई आग्रह गर्नुभयो । फरक प्रसङ्गमा उहाँले नेपाली काँग्रेसभित्र कुनै गुटउपगुट नरहेको बताउनुभयो । पार्टीको महाधिवेशन अगाडि गुटउपगुट भए पनि महाधिवेशनपछि सबै समाप्त भएको उहाँले दाबी गर्नुभयो ।