८ बैशाख २०८१, शनिबार
Follow Us

दलालसँग मिलेर कर्मचारीले वैदेशिक रोजगार ध्वस्त बनाए : कुमार पन्त

नेपालब्रिटेन डट कम्
२९ माघ २०७३, शनिबार ०८:५९

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष कुमार पन्तले वैदेशिक रोजगार यतिबेला ध्वस्त रहेको बताएका छन् । शनिबार माउन्टेन टेलिभिजनलाई प्रतिक्रिया दिँदै उपाध्यक्ष पन्तले व्यवसायी, श्रम मन्त्रालय मातहत निकायका कर्मचारीहरु दलालसँग मिलेर वैदेशिक रोजगारलाई अस्तव्यस्त बनाएको आरोप लगाए । समग्र नेपाल र नेपालीको हितभन्दा पनि उनीहरु व्यक्तिगत फाइदा लिन उदत्त रहेको उनको आरोप थियो । एनआरएनले गोरखाको बारपाकमा भुकम्प पीडितका लागि निर्माण गरिरहेको आवासीय भवनको अवलोकन गर्न पन्त यतिबेला नेपालमा छन् ।
वैदेशिक रोजगारीको खोजीमा दैनिक एक हजार भन्दा बढी युवाहरु विदेशिने गरेका छन् । अवसरको खोजीमा ऋण गरेर विदेश यात्रा तय गर्नेहरु पनि विभिन्न बहानामा ठगिने गरेका छन् । पछिल्लो समय बैदेशिक रोजगारीको क्षेत्रमा बेथिति बढेको छ ।
मूलकको अर्थतन्त्रको झण्डै ३० प्रतिशत जीडीपी रेमिट्न्यासले ओगटेको छ । तर पनि बैदेशीक रोजगार क्षेत्र व्यवस्थित बन्न सकेको छैन् । देश भित्र रोजगारीको अवसर नपाएपछि विदेश यात्रा तय गर्ने युवायुवतीहरुले हरेक तहमा समस्या भोग्नु परेको छ । ठगिनु परेको छ । रोजगारीका लागि देश र आफन्त छोड्नु पर्दाको पीडा त छँदै छ । राज्यले बैदेशीक रोजगार क्षेत्रलाई व्यवस्थित बनाउन नसक्दा व्यथिति बढ्दै गएको छ ।
श्रम मन्त्रालय वैदेशिक रोजगारीको क्षेत्रमा बेथिति बढे पनि सम्बन्धित निकाय भने मौन देखिन्छन् । पछिल्लो समय वैदेशीक रोजगारलाई व्यवस्थित बनाउन भन्दै श्रम स्वीकृति लागायतका काम अनलाइनबाट गर्ने कामको सरुवात गरिएको श्रम मन्त्रालयका प्रवक्ता गोविन्दमणी भूर्तेलले बताए । उनल वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन नसकिएको स्वीकार गरे ।
बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकालका अनुसार स्वदेशमै रोजगारीको सिर्जना गरी युवा शक्तिलाई देश विकासमा लगाउनु पर्नेमा जोड दिए । विदेश यात्रा तय गर्न बाध्य युवायुवतीहरु विभिन्न बहानमा ठगिने क्रम रोक्न कुनै पहल नभएको ढकालको कथन थियो ।