१३ बैशाख २०८१, बिहीबार
Follow Us

नेता पौडेलसंग बेलायत कांग्रेसले अन्तरकृया गर्ने

नेपालब्रिटेन डट कम्
२९ माघ २०७३, शनिबार १४:११

लन्डन । नेपाली जनसम्पर्क समिति बेलायतले कांग्रेसका वरिष्ठ नेता एवं पूर्व सभामुख तथा पूर्व उपप्रधानमन्त्री रामचन्द्र पौडेलको सम्मान तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । नेपाली जनसम्पर्क समिति बेलायतका सल्लाहाकार विश्वआर्दश पण्तिका अनुसार कार्यक्रम आगामी १३ फेब्रुअरी 
सांझ रिगल स्पाइस रेष्टुरेन्ट, साउथ रइसलिपमा हुन लागेको हो ।
नेता पौडेल यतिखेर नेपाली जनसम्पर्क समिति डेनमार्कको शनिबार हुने चौथो अधिवेशन उद्घाटन गर्न कोपनहेगनमा छन् ।
यसैबीच, सोही दिन १३ फेब्रुअरी 
सांझ नेपालको संविधान २०७२ का पिता, पूर्व पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको प्रथम पूण्यतिथीको अवसरमा कोइरालाप्रति श्रद्धान्जलि व्यक्त 
गर्ने कार्यक्रम रहेको समितिका सभापति लोक गुरुङले जनाएका छन् ।