१३ बैशाख २०८१, बिहीबार
Follow Us

कांग्रेस नेतृ आरजुको सम्मान लन्डन दूतावासमा कार्यक्रम हुने

नेपालब्रिटेन डट कम्
२९ माघ २०७३, शनिबार १४:१६

लन्डन । छोराको उपचारका लागि लन्डनमा रहेकी नेपाली काँग्रेसकी सांसद तथा नेतृ डा. आरजु राणा देउवासंग बेलायतस्थित महिलाहरुले अन्तरक्रिया गर्ने भएका छन् । आगामी १८ फेब्रुअरी सांझ शनिबार लन्डनस्थित नेपाली दूतावासमा नेपालमा महिला अधिकार’ विषयमा अन्तरक्रिया हुन लागेको दूतावासले जनाएको छ । कार्यक्रममा बेलायतस्थित नेपाली समूदायका प्रतिनिधीहरुलाई आमन्त्रण गरिएको छ । यसअघि नेतृ देउवाको सम्मानमा गैरआवासीय नेपाली संघ यूकेले गत सोमवार लन्डनमा एक कार्यक्रमको आयोजना गरेको थियो ।