१३ बैशाख २०८१, बिहीबार
Follow Us

कतारमा सुशिला कोइरालालाई सम्झिए

नेपालब्रिटेन डट कम्
२९ माघ २०७३, शनिबार २२:१२

नेपाली जनसम्पर्क समिति, कतारले नेपाली काँग्रेसका पुर्व सभापति सुशिल कोइरालाको प्रथम बार्षिक पुन्य तिथि गरेको छ ।

समितिका सभापति केशब भुसालको सभापतित्वमा सम्पन्न कार्यक्रममा बक्ताहरुले पुर्व प्रधानमन्त्री समेत रहेका कोइरालाले संबिधान बनाउन दिएको योगदानको चर्चा गरेका थिए ।

समितिका सस्थापक सभापति नरेन्द्र भाटले कोइरालाको जीवन सादगी र कर्तब्य पथमा बिना थकावट लागि रहेको बताए । ‘उहाँको इमान्दारीपन, जस्तो सुकै असहज परिस्थितिमा पनि धैर्यता लिन सक्ने नेताको रुपमा चिनिनुभयो,’ उनले भने,‘उहाँकै अथक प्रयासबाट देशले संबिधान पाएको छ । ईतिहासमा यो योगदानलाई कसैले भुल्न सक्तैन ।’

समितिका सस्थापक सल्लाहकार तथा नेपाली काँग्रेसका महाधिबेसन प्रतिनिधि क्रान्ति सिंहले कोइरालाले आफ्नो जीवनमा भोगेको संघर्ष धेरैका पाठ भएको बताए ।

प्रमुख सल्लाकार नेपाली काँग्रेसका महाधिबेसन प्रतिनिधि बिमल सुबेदीले कोइराला पाटीभित्र सधैं प्रतिस्पर्धात्मक भावनात्मक सम्बन्ध कायम गर्नु गर्ने र गुटउपगुट भित्र नलाग्न कार्यकर्तालाई सन्देश दिने नेता भएको बताए ।

कार्यक्रमम नेपाली काँग्रेसका महाधिबेसन प्रतिनिधि धीरज चाम्लिङ राई, कुमार कार्की, अर्जुन खड्का, बसन्त फिल्म्सका इश्वर काफ्ले, भुपराज दवाडी, खगेन्द्र खनाल, अज्मल मिया, श्री राजेन्द्र पाण्डे, अर्जुन चापागाई, उपसभापति सुनिल मण्डल लगायतकाले कोइरालाले राजनैतिब जीबनमाथि चर्चा गरेका थिए ।