१६ चैत्र २०८०, शुक्रबार
Follow Us

प्रहरी महानिरीक्षकमा जयबहादुर चन्द नियुक्त

नेपालब्रिटेन डट कम्
१ फाल्गुन २०७३, आईतवार ०३:५९

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षकमा डिआईजी जयबहादुर चन्द बढुवा भएका छन् । मन्त्रिपरिषद्को आइतबार बिहान बसेको बैठकले जनपद प्रहरीको महानिरीक्षक चन्द र सशस्त्र प्रहरीको महानिरीक्षकमा सिंहबहादुर श्रेष्ठलाई बढुवा गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा गृहमन्त्री विमलेन्द्र निधिले राखेको प्रस्तावलाई स्वीकृत गरेको थियो । तेश्रो नम्बरमा रहेका चन्दलाई महानिरीक्ष बनाउने विषयमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र गृह तथा उपप्रधानमन्त्री विमलेन्द्र निधिबीच विवाद हुँदा यसअघिको मन्त्रिपरिषद् बैठकमा महानिरीक्षक नियुक्ति रोकिएको थियो ।