१६ चैत्र २०८०, शुक्रबार
Follow Us

इन्भेष्टमेन्ट बैंकबाट रकम गायब

नेपालब्रिटेन डट कम्
१ फाल्गुन २०७३, आईतवार ०७:५८

धनगढी । यहाँस्थित नेपाल इन्भेष्टमेन्ट बैंकबाट रु २३ लाख गायब भएको उजुरी जिल्ला प्रहरी कार्यालय कैलालीमा परेको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन चन्दले कर्मचारीका तर्फबाट उक्त बैंकको रु २३ लाख गायब भएको भन्ने ठाडो उजुरी आज परेकाले आवश्यक अनुसन्धान सुरु गरिएको जानकारी दिनुभयो ।
कुन प्रयोजनको रकम कसरी कहिले गायबभयो, भन्ने विषयमा यर्थात जानकारी हुनसकेको छैन । यद्यपि बैंकको एटिएममा राख्नका लागि जम्मा गरिएको उक्त रकम गायब भएको आशङ्का गरिएको छ । बैंकका कर्मचारीले भने यो विषयमा बोल्न नमिल्ने प्रतिक्रिया दिएका छन् ।