८ बैशाख २०८१, शनिबार
Follow Us

स्ववियु निर्वाचनको प्रक्रिया आजबाट, राप्रपा र विप्लप माओवादीले विथोल्ने

नेपालब्रिटेन डट कम्
१ फाल्गुन २०७३, आईतवार ०८:०९

काठमाडौं । आठ वर्षपछि हुन लागेको स्ववियु निर्वाचनका लागि आजबाट प्रक्रिया सुरु हुँदै छ । त्रिविले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार आज मतदाता सूचि प्रकाशित हुँदैछ । फागुन ३ गते मा मतदाता सुचीमा दाबी विरोध गर्ने र मतदाताको नामावली प्रकाशित गर्ने कार्यतालिका छ । कार्यतालिका अनुसार १४ फागुनमा मतदान हुनेछ । शनिवार नै अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारीलगायत १० संगठनले निर्धारित मितिमै निर्वाचन गर्ने सहमति गरेका छन् । त्रिभुवन विश्वविद्यालयले विभिन्न क्याम्पसमा क्रियाशील सबै विद्यार्थी संघ–संगठनलाई स्ववियु चुनावको प्रक्रियामा सहभागी हुन अपिल गरेको छ । त्रिविका शिक्षाध्यक्ष तथा त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन एवं समन्वय समिति संयोजक प्राध्यापक डाक्टर सुधा त्रिपाठीले प्रेस विज्ञप्ति जारी गरी सबैलाई अपिल गरेकी हुन् । अनेरास्ववियु, नेविसंघ, अखिल (क्रान्तिकारी), अखिल (छैटौँ), तराई मधेस विद्यार्थी फ्रन्ट, नेपाल क्रान्तिकारी विद्यार्थी संघ, मधेसी विद्यार्थी फोरम (लोकतान्त्रिक), नयाँ शक्ति विद्यार्थी युनियन, अखिल क्रान्तिकारी (वैद्यनिकट), अखिल (पाँचौँ) स्ववियु चुनावको पक्षमा छन् । नेत्रविक्रम चन्द विप्लवले नेकपा माओवादी निकटको अखिल (क्रान्तिकारी), राप्रविसंघलगायत केही संगठनले भने निर्वाचनमा भाग नलिने बताएका छन् ।