१५ चैत्र २०८०, बिहीबार
Follow Us

सिरहामा एक व्यक्तिमाथि गोली प्रहार

नेपालब्रिटेन डट कम्
१ फाल्गुन २०७३, आईतवार ०९:०२

सिराहा । सिरहामा अज्ञात समूहद्वारा एक व्यक्तिमाथि गोली प्रहार भएको छ । आइतबार बिहानै र्मिचैया–२ का लालु खानमाथि गोली प्रहार भएको हो । खानलाई चारवटा गोली लागेको छ । गोली प्रहारबाट खान गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । मलहनियाबाट र्मिचैया फर्किने क्रममा अज्ञात समूहले खानमाथि गोली प्रहार गरेको हो । घाइते खानको र्मिचैया अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।