७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए ८ औं विश्व सम्मेलन १४ अक्टोवर देखी काठमाण्डौंमा हुने

नेपालब्रिटेन डट कम्
१ फाल्गुन २०७३, आईतवार ०९:५१

लण्डन । गैरआवासीय नेपाली संघको ८ औं महाअधिवेशन तथा विश्वसम्मेलन आगामी अक्टोवरमा हुने भएको छ । गैरआवासीय नेपाली संघको आइतवार सम्पन्न पदाधिकारी बैठक सो सम्मेलन अक्टोवर १४ देखी १७ सम्म काठमाण्डौंमा गर्ने निर्णय गरेको हो ।

संघको महासचिव डा. बद्री केसीका अनुसार पदाधिकारी बैठकको प्रस्तावलाई एनआरएनए अन्तराष्ट्रिय परिषदको बैठकले अन्तिम टुंग्यो लगाउने छ । बैठकले आगामी मार्च १ तारिख अन्तराष्ट्रिष्य महिला दिवसको अवसर पारेर काठमाण्डौंमा एक कार्यक्रमको आयोजान गर्ने निर्णय गरेको छ ।

यस्तै गैरआवासीय नेपाली संघका राष्ट्रिय समितिको अधिवेशन आगामी अप्रील १५ देखी सेप्टेम्वर १५ तारिख भित्र सम्पन्न गर्न निर्देशन दिने निर्णय गरेको छ ।
आगामी ८ औं सम्मेलनले एनआरएनको नयाँ नेतृत्व चयन गर्नेछ । एनआरएनमा हरेक दुई वर्षमा नयाँ नेतृत्व चयन हुन्छ । अक्टोवर महिनामै एनआरएनले अन्तर्राष्ट्रिय सम्मेलन गर्दै आएको छ । अक्टोवर ११ तारिखलाई एनआरएन डे घोषणा पनि गरिएको छ ।

पदाधिकारी बैठकमा संघका अध्यक्ष शेष घले, उपाध्यक्ष कुमार पन्त, महासचिब डा. बद्री पाण्डे, कोषाध्यक्ष हितमान थापा, प्रवक्ता रन्जु थापा, यूरोप संयोजक कुल आचार्य, अष्ट्रेलिया संयोजक महेन्द्र लम्साल लगायतको उपस्थिती थियो । बैठकले गैरआवासीय नेपाली संघको यूरोप सम्मेलन २९ जुलाईबाट जर्मनीमा गर्ने प्रस्तावलाई समेत अनुमोदन गरेको छ ।
पदाधिकारी बैठकले तर्जुमा गरेको अजेन्डालाई एनआरएनए केन्द्रीय समितिको बैठकले अनुमोदन गर्ने प्रचलन छ ।