१५ चैत्र २०८०, बिहीबार
Follow Us

अन्योल हटाउन राष्ट्रपति भण्डारी शीर्ष नेताहरुसँग छलफल गर्दै

नेपालब्रिटेन डट कम्
२ फाल्गुन २०७३, सोमबार ०७:०७

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा लगायत प्रमुख दलका शीर्ष नेताहरुसंग छलफल गर्दैछिन । उनीले अपरान्ह ४ बजे राष्ट्रपति भवन शितलनिवासमा निर्वाचन मिति घोषणा, संविधान संशोधन लगायत बिषयमा प्रमुख दलहरुसँग छलफल गर्दैछिन् । दलहरुबीच सहमति हुन नसक्दा राजनीतिक अन्योलता बढेको भन्दै राष्ट्रपति भण्डारीले कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्र, संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र साना केही दलका शीर्ष नेतासंग छलफल गर्न लाग्नु भएको हो । यसअघि बिभिन्न दलका शीर्ष नेतालाई छुट्टाछुट्टै छलफल गरेकी राष्ट्रपति भण्डारीले आज भने सामुहिक छलफल गर्न लागेकी हुन् ।